site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
रूसद्वारा ईयूका अधिकारीहरूविरुद्ध यात्रा प्रतिबन्धको घोषणा
Sarbottam CementSarbottam Cement

मस्को । केही रूसी अधिकारीमाथि लगाइएको प्रतिबन्धको बदलामा मङ्गलबार रूसले पनि केही यूरोपेली संघ (ईयू) का अधिकारीहरूमाथि प्रतिबन्धको घोषणा गरेको छ । यसअघि ईयूले रूसका विपक्षी नेता अलेक्सी नाभाल्नीलाई विष सेवन गराइएको घटनालाई जोडेर केही रूसी अधिकारीमाथि प्रतिबन्धको घोषणा गरेको थियो । 

रूसी परराष्ट्र मन्त्रालयले जारी विज्ञप्तिमा भनिएको छ, “युरोपेली युनियनको निर्णयको जवाफमा रुसी संघमा प्रवेश निषेध गरिने ‘ईयू सदस्य राष्ट्रहरु र विभिन्न यूरोपेली संस्थाका प्रतिनिधिहरुको सूची रूसले तयार गर्ने निर्णय भइसकेको छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

मस्कोले तीन ईयू देशका वरिष्ठ कूटनीतिज्ञहरूलाई बोलाई आफ्ना अधिकारीमाथि लगाइएको प्रतिबन्धबारे सोधपुछ गरेपछि बदलामा तत्कालै ईयूका प्रतिनिधिहरूमाथिको प्रतिबन्धको घोषणा गरेको हो । नाभाल्नीलाई गत अगस्टमा सोभियत संघकालीन नोभिचोक बिष दिइएको भन्ने ल्याबको रिपोर्टपछि ईयूले यस घटनालाई जोडेर केही रूसी अधिकारीलाई ईयू यात्रामा प्रतिबन्ध लागाएको थियो ।

रूसी सरकारका एक प्रवक्ताले एएफपीलाई दिएको जानकारीमा भनिएको छ, “मस्कोले ईयूका कुटनीतिज्ञहरूमाथिको प्रतिबन्ध घोषणा गर्नु पहिले जर्मनी, फ्रान्स र स्विडेनका प्रतिनिधिहरूलाई रूसी अधिकारीमाथि प्रतिबन्ध लागू भएको सम्बन्धमा विदेश मन्त्रालयमा बोलाई जानकारी लिइएको थियो ।” 

Global Ime bank

यूरोपेली कुटनीतिज्ञले यस सम्बन्धमा सावैजनिक भनाइ राखिसकेका छैनन् । 

नाभाल्नीलाई रूसी गुप्तचर संस्था (एफएसबी) लाई घात गरेको भन्दै उनको भित्रि कपडाभित्र विष दिएर मार्ने कोसिस गरेको कुरा सार्वजनिक गरेको एक दिनपछि यो घोषणा आएको हो । नाभाल्नीको बयानलाई ‘बनावटी’ भन्दै नाभाल्नीले विदेशी गुप्तचर निकायहरूलाई सघाएको आरोप एफएसबीको रहेको छ । 

राष्ट्रपति पुटिनको कटु आलोचक मानिने ४४ बर्षीय प्रतिपक्षी नेता नाभाल्नी अगस्टमा साइबेरियाबाट मस्कोको लागि उडानमा रहेका समय गम्भीर विरामी भएपछि उनी रहेको विमानलाई मस्को नलगी नजिकको सहर ओम्सक आकस्मिक गराइएको थियो । उनको उपचार त्यहाँ सम्भव नभएपछि एअर एम्बुलेन्समा जर्मनीको बर्लिन लगी उपचार गरिएको थियो । 

उक्त घटनाको छानवीनमा ईयू मुलुकहरूले रूसलाई नसघाएको दावीलाई रूसी विदेश मन्त्रालयले यो हप्ताको सुरुमा पनि पहिलेजस्तै दोहोराएको थियो । मस्कोले आफ्ना सुरक्षा निकायले यस घटनामा भूमिका खेलेको आरोपलाई बारम्बार अस्वीकार गर्दै आएको छ । रासस/एएफपी

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस ८, २०७७  ०३:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC