site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
अब संसदीय व्यवस्था होइन, जनगणतन्त्र : गजुरेल
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (क्रान्तिकारी–माओवादी)का वरिष्ठ नेता सीपी गजुरेलले अब आफूहरुले जनगणतन्त्र स्थापनाको लागि लडाइँ लड्ने उद्घोष गरेका छन् ।

संसद् विघटन प्रतिगामी कदम भए पनि आफूहरु त्यसको पुनःस्थापनाको पक्षमा नरहेको उनले प्रष्ट पारे ।

मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले संसदीय व्यवस्था देशका निम्ति अभिसाप भएको जिकिर गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

नेपाली भूमिमा बारम्बार हुने आन्दोलनका उपलब्धिहरु खेर जानु र पुनः देश अस्थिरतामा जानुको मूल कारण नै संसदीय व्यवस्था रहेको २३ दलीय मोर्चाको नेतृत्वकर्तासमेत रहेका गजुरेलको तर्क छ ।

‘‘यो व्यवस्थाकै खारेजमा जानु उचित छ,”उनले भने ।

Global Ime bank

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू सत्ता र शक्तिमा रहनका निम्ति संकटकालको समेत तयारी गरेको उनको दाबी छ ।

‘तपाइँहरु अर्को आन्दोलन या संघर्ष भन्दै हुनुहुन्छ, जनताले किन लड्ने ?’ भन्ने पत्रकारको प्रश्नमा उनले भने, “हो हामी पनि त्यही भनिरहेका छौँ । बारम्बार घुमिफिरी संसदीय व्यवस्थाको निम्ति होइन, अन्तिम लडाइँ यो वर्तमान व्यवस्था र जनगणतन्त्रका लागि लडौँ भन्ने हो ।”

गजुरेलले थपे, ‘‘अहिले ओली असफल भन्ने गरिन्छ । तर, उनीमात्रै होइन, सिंगो लोकतान्त्रिक गणतन्त्र फेल भएको हो । संसदीय व्यवस्थाभित्र देशी–विदेशी शक्तिहरुले खेल्ने र जनविरोधी दलालहरु मोटाउने र पोसिने रक्षाकवज हुन्छ । त्यसको एकमात्र स्थायी निकास जनगणतन्त्र हो ।’’

गजुरेलले आफ्नो पार्टीसहितको २३ दलीय मोर्चाले छिट्टै संघर्षका कार्यक्रम सार्वजनिक गर्ने जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस ७, २०७७  १८:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC