site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘नैतिक पतन’ को कारबाहीमा परेकालाई प्रचण्ड–नेपालले गरे पुरस्कृत !
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेकपा कम्युनिस्ट पार्टी (नेकपा)को पार्टी अध्यक्ष पुष्पकमल दाहाल र आजै अध्यक्षमा मनोनित गरिएका माधव नेपाल समूहले नैतिक पतन देखिने कार्य गरेको भन्दै अनुशासनको कारबाही गरेका दीर्घ सोडारीलाई कैलाली जिल्ला अध्यक्षमा मनोनीत गरेको छ ।

सोडारीले सुदूरपश्चिम प्रदेशको सामाजिक विकासमन्त्री रहँदा अनैतिक कार्यमा संलग्न रहेको भन्दै त्यहाँको प्रदेश कमिटीले साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरेको थियो ।

Agni Group

पार्टी विभक्त हुनेदिन प्रचण्ड–नेपाल समूहले सोडारीको कारबाही फुकुवा गर्दै उनलाई जिल्ला अध्यक्ष बनाएको छ ।

त्यस्तै गतिविधिमा संलग्न रहेको आरोप लागेपछि सभामुखबाट पदमुक्त भएका कृष्णबहादुर महरालाई पनि आजैको बैठकले स्थायी कमिटी सदस्य बनाउने निर्णय गरेको छ । पुस ५ गते बसेको बहुमत स्थायी कमिटी सदस्यको बैठकले महरालाई स्थायी कमिटी सदस्य मनोनीत गर्दै अनुमोदनका लागि केन्द्रीय कमिटीमा पठाउने निर्णय

Global Ime bank

गरेको थियो । संसद् सचिवालयमा कार्यरत एक महिलालाई बलात्कार प्रयास गरेको आरोप लागेका महरालाई अदालतले यसअघि नै सफाइ दिइसकेको छ । तर, सामाजिकरूपमा प्रश्न उठेकाले उनलाई पार्टी जिम्मेवारीमा फर्काउन नहुने आवाज नेकपाभित्रै उठेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस ७, २०७७  १८:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC