site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
बाइडेनले कोरोनाविरुद्धको खोप लगाउने, ट्रम्पले पनि लगाउने सम्भावना
Ghorahi CementGhorahi Cement

वासिङटन । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले कोरोनाविरुद्धको खोप लगाउने भएका छन् ।

उनले टेलिभिजनबाट प्रत्यक्ष प्रसारणसमेत गर्नेगरी खोप लगाउने तयारी भएको अधिकारीहरूले जानकारी दिएका छन् ।

मोडर्नाले उत्पादन गरेको खोप उनले अमेरिका ल्याएकै दिन लगाउन लागेका हुन् । अमेरिका ल्याइएको यो दोस्रो खोप हो ।

Agni Group

अमेरिकामा यसअघि फाइजरको खोप लगाउन थालिएको थियो । कोरोनाभाइरसबाट मानवीय क्षति र प्रभावितको दृष्टिकोणले अमेरिका सबैभन्दा अगाडि रहेको छ ।

विश्वभरि महामारीको रूपमा फैलिएको कोरोनाभाइरसबाट संक्रमित भएका तीन लाख १७ हजारभन्दा बढी मानिसको अमेरिकामा मृत्यु भएको छ ।

Global Ime bank

‘मैले अरुले भन्दा अगाडि लगाउनुपर्ने चाहना राखेको त होइन । तर, लगाएको देखाएर सबै अमेरिकीलाई यो सुरक्षित छ र लगाउनुपर्छ भन्ने सन्देश दिनका लागिमात्रै लगाउन खोजेको हो,’’ उनले भने ।

अमेरिकामा उच्च सरकारी अधिकारीहरूलाई कोरोनाभाइरसविरुद्धको खोप दिने अभियान अघिल्लो हप्तादेखि चलाइएको हो । यो अभियान अमेरिकी इतिहासमै सबैभन्दा ठूलो अभियान भएको बताइएको छ ।

उपराष्ट्रपति माइक पेन्स, सभामखु नान्सी पेलोसी, सिनेटमा बहुमत भएको दलका नेता मिच म्याककोनेललगायतले गत शुक्रबार लगाएका थिए ।

उपराष्ट्रपतिमा नवनिर्वाचित कमला ह्यारिस र उनका श्रीमान्ले भने अर्को हप्ता पहिलोपटक खोप लगाउने अपेक्षा गरिएको छ ।

विशिष्ट धेरै व्यक्तिहरूले खोप लगाए पनि राष्ट्रपति डोनाल्ड ट्रम्पले भने लगाएका छैनन् । कोरोनाभाइरसबाट संक्रमित भई निको भइसकेका अरु धेरैले लगाए पनि उनले भने अहिलेसम्म नलगाएका हुन् ।

सरकारी अधिकारी तथा चिकित्सकहरूले भने उनले पनि खोप लगाउनुपर्नेमा जोड दिने गरेका छन् ।

खोप र मास्कका बारेमा गलत व्याख्या गर्दै आएका राष्ट्रपति ट्रम्पले अघिल्लो महिना नै आफूले खोप नलगाउने बताएका थिए । तर, उनले अहिले पनि यसबारेमा चिकित्सकहरूसँग परामर्श गरिरहेको जनाइएको छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता ब्रियन मोर्गेनस्टर्नले राष्ट्रपति ट्रम्पले उपयुक्त समयमा खोप लिन सक्ने र त्यो समय आउन सक्ने जवाफ दिएका छन् । रासस/एएफपी

फाइल तस्बिर ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस ७, २०७७  ०९:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC