site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
कोरोना महामारी : नयाँ भाइरसबारे बढ्दो अन्तर्राष्ट्रिय चिन्ता 
Sarbottam CementSarbottam Cement

बीबीसी । बेलायतमा देखिएको कोरोना भाइरसको नयाँ अझ बढी संक्रामक रुप सम्बन्धी अन्तर्राष्ट्रिय चिन्ता बढेसँगै थुप्रै मुलुकहरुले यतिबेला बेलायतबाट हुने उडानलगायत यात्रामाथि प्रतिबन्ध लगाएका छन् । 

युरोपेली युनियनले संयुक्त नीति लागू गर्ने कुरा चलाइरहँदा ४० भन्दा धेरै राष्ट्रहरुले बेलायती आगमनलाई निषेध गरिसकेका छन् । डेनमार्कमा पनि त्यस्तै नयाँ भाइरस फेला परेपछि स्वीडेनले त्यहाँबाट हुने यात्रामाथि समेत प्रतिबन्ध लगाएको हो ।  यो नयाँ रुपान्तरित भाइरस पहिलेभन्दा बढी संक्रामक भएको बताइएको छ तर खतरनाक हुन सक्ने चाहिँ कुनै प्रमाण छैन । यसबीच विश्व स्वास्थ्य संगठनले यो विषयबारे बुझ्न बेलायतसँग नजिकी सम्पर्क राखिरहेको जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

डब्लूएचओका इमरजेन्सी प्रमुख, माइक रायनका अनुसार भाइरसको यो नयाँ रुप महामारी विकसित हुँदै जानुको हिस्सा हो र यो नियन्त्रण बाहिर गइसकेको छैन । तर अर्कोतर्फ आइतबार मात्र बेलायतका स्वास्थ्य सचिव म्याट हेनककले चाहिँ यो नयाँ भाइरस अनियन्त्रित अवस्थामा पुग्न लागेको बताएका थिए । 

यसबाहेक उता अफ्रिकामा केही देशहरुले यात्रा प्रतिबन्ध लगाएका छन् । त्यहाँ  पनि अर्को नयाँ रुपान्तरित भाइरस फेला परेको खबर गरिएको छ तर यसको बेलायतसँग भने कुनै सम्बन्ध छैन । 

Global Ime bank

के भइरहेको छ युरोपमा ?

युरोपभर अधिकांश मुलुकहरुले अहिले यो बढी संक्रमक नयाँ किसिमको भाइरसलाई फैलनबाट रोक्न बेलायतबाट हुने उडानलगायत सबै यात्रामा प्रतिबन्ध लगाइसकेका छन् । फ्रान्सले यसअघि विमानका साथै पानी जहाजको आवत्जावत्लाई पनि निषेध गरेको हो । यस्तोमा प्रधानमन्त्री बोरीस जन्सनले व्यापारीक क्रियाकलाप राख्न फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोनसँग छलफल गरिरहेको बताएका हुन् । 

भारत, इरानदेखि क्यानडासम्मले अहिले बेलायतबाट हुने यात्रा निषेध गरेका छन् । अमेरिकाले अहिलेसम्म यसमा कुनै प्रतिक्रिया जनाएको छैन तर दुुईवटा एयरलाइन्स, ब्रिटिश एयरवेज र डेल्टाले कोरोनाभाइरसको परीक्षण नेगेटिभ देखाएपछि मात्र यात्रुलाई विमानमा सवार हुन अनुमति दिने बताएका छन् । 

साउदी अरेबीया, कुवेत र ओमानले त सबै अन्तर्राष्ट्रिय यात्रुहरुका लागि देशका सिमाना पूर्ण बन्द गराइसकेका छन् ।  डेनमार्कका साथै नयाँ रुपान्तरित भाइरस अष्ट्रेलिया, इटली र नेदरल्यान्ड्समा पनि फेला परेको थियो । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस ७, २०७७  ०८:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC