site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
अमेरिकी साइबर आक्रमणमा रूसको भूमिका अस्वीकार
Ghorahi CementGhorahi Cement

मस्को । संयुक्त राज्य अमेरिकामा हालसालै गरिएको साइबर हमलामा भूमिका रहेको भन्ने भनाइलाई रूसले अस्वीकार गरेको छ । महत्वपूर्ण साइबर आक्रमणमा रुसको हात रहेको अमेरिकी आरोप प्रमाणहीन रहेको रूसको दावी छ । 

अमेरिकी सांसदहरूले गत हप्ताको अन्तमा सरकारी एजेन्सीहरूमा भएको साइबर आक्रमणलाई कडा प्रतिक्रियाका लागि आग्रह गरेका र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसप्रति औंला ठड्याउन नचाहेकोमा आलोचना गरेका छन् । 

रूसलाई ह्याकका लागि जिम्मेवार भन्दै रूसी प्रशासनको अमेरिकी अधिकारीहरूले व्यापक आलोचना लगाइरहेको छन् । 

Agni Group

राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले साइबर हमलाबारे वाशिङ्गटनमा जारी सार्वजनिक बहससँग रूसको कुनै सम्लग्नता नरहेको बताए ।  

“रूस यी आक्रमणमा सम्लग्न छैन,” पेस्कोभले सोमबार पत्रकारहरुसँग भने ।  

Global Ime bank

टेक्सासस्थित आईटी कम्पनी सोलारवाइन्ड्सद्वारा निर्मित उद्यम प्रबन्धन नेटवर्क सफ्टवेयरको प्रयोग गरी आक्रमणकारीहरूले कम्प्युटर नेटवर्कहरूमा आक्रमण गर्न सफल भएका अमेरिकी अधिकारीले बताएका छन् ।  

अमेरिकी ट्रेजरीसहितका सरकारी निकायहरू रहेका व्यक्तिहरू पनि प्रभावित भएका आक्रमण गराउन सहयोग गरेको हुनसक्ने अनुसन्धानकर्ताहरूले बताएका छन् । यसले विश्वव्यापी साइबर आक्रमणको लक्ष्यमा अमेरिका र अमेरिकी संस्थाहरू परेको देखिएको उनीहरूले बताएका छन् । 

पेसकोभले भने, “रसियाको सम्लग्नताका कुनै पनि आरोप बिल्कुल निराधार छन् र अन्धोरूपमा व्यक्त हुने रूसप्रतिको घृणा (रूसोफोबिया) को निरन्तरता हो ।” 

क्रेमलिनले यूक्रेनको विद्युतीय प्रणालीलाई लक्षित गरी गरिएको आक्रमणमा रूसी गुप्तचरको हात रहेको भन्ने अमेरिकी आरोपलाई यस अघिपनि अस्वीकार गरेको थियो । 

पेस्कोभले भने, “रूसको संलग्नताका कुनै पनि आरोप बिल्कुल निराधार छन् र अन्धा रसोफोबियाको निरन्तरता हो,“ पेस्कोभले भने । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस ७, २०७७  ०५:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC