site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
भारतद्वारा डिसेम्बर ३१ सम्म बेलायती उडानहरू स्थगित
Sarbottam CementSarbottam Cement

नयाँदिल्ली । बेलायतमा कोरोनाभाइरसको नयाँ र बढी संक्रामक समस्या उत्पन्न भएपछि भारतले बेलायतबाट भारतका लागि हुने सबै उडानहरूलाई अस्थायीरूपमा स्थगित गर्ने निर्णय गरेको छ ।

बेलायतबाट हुने उडानलाई अस्थायीरूपमा रोक्ने केही युरोपेली मुलुकहरूसहितले गरेको निर्णयसँग मेल खाने निर्णय भारतले पनि गरेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

‘बेलायतकोे कोभिड–१९ सिर्जित विद्यमान अवस्थालाई ध्यानमा राख्दै भारत सरकारले बेलायतबाट भारत आउने सबै उडानहरूलाई यो वर्षको डिसेम्बर ३१ सम्म स्थगित गर्ने निर्णय गरेको छ,’’ उड्डयन मन्त्रालयले ट्वीटमा भनेको छ ।

उडान स्थगितको यो निर्णय मंगलबार राति ११ः५९ बाट लागु हुने बताइएको छ ।

Global Ime bank

‘प्रशस्त सावधानीको उपाय’का लागि लिइएको यो निर्णय ‘ट्रान्जिट’ उडानमा बेलायतबाट आउने यात्रीहरूका लागि भने पूर्णतया लागु हुने छैन । अर्थात् आगमनमा ‘आरटी–पीसीआर’ परीक्षणको रिपोर्ट भएमा उनीहरूलाई सम्बन्धित गन्तव्यमा जान रोक लगाइने छैन ।

बेलायतमा भारतीय प्रवासीहरूको ठूलो संख्या छ र त्यहाँ प्रतिदिन धेरै उडानहरू हुने गर्छन् । लन्डन र नयाँदिल्ली तथा लन्डन र मुम्बईबीचमा हुने उडानबाट दैनिक सयौँ मानिसहरू बेलायत जाने र बेलायतबाट फर्कने गर्छन् । रासस/एएफपी
तस्बिरः पीटीआई ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस ६, २०७७  १८:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC