site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सडककिनारमा बम विस्फोट, राजमार्ग प्रहरी प्रमुखसिहत ७ जनाको मृत्यु
Ghorahi CementGhorahi Cement

रासस/सिन्ह्वा । अफगानिस्तानमा सडक किनारमा रहेको दुई ओटा बम विस्फोटमा परी कम्तीमा सात व्यक्तिको मृत्यु भएको छ । यस विस्फोटमा मारिएका यी व्यक्तिहरुमा राजमार्ग प्रहरी प्रमुखलगायत सात जना रहेका स्थानीय प्रहरी पुष्टि गरेका छन् । 

अफगानिस्तानको पूवी प्रान्त पार्वानको चरिकार शहरमा स्थानीय समयानुसार सोमबार बिहान १ः३० बजे भएको एक बम विस्फोटमा परी राजमार्ग प्रहरी प्रमुख वाली मोहमदलगात पाँच प्रहरी अधिकारीको मृत्यु भएको प्रन्तीय प्रहरी प्रवक्ता मोहमद हासहिमीले बताएका छन्  ।

Agni Group

त्यसैगरी अफगानिस्तानको पश्चिमी प्रान्त बाद्घिसमा तालिबान लडाकू समूहले गरएको बम विस्फोटमा परी दुई सर्वसाधारणको मृत्यु भएको  । बाद्घिस प्रान्तको मुकिर जिल्लामा स्थानीय समयानुसार सोमबार बिहान ७ः३० बजे सो विस्फोट भएको प्रान्तीय प्रहरी प्रमुख शिर आका अलोकोजाईले सिन्ह्वा समाचार समितिलाई बताएका छन् । 
 
सडककिनारमा बम विस्फोट गराउने काम तालिबानीलडाकू समूहले बारम्बार गराउँदै आएको प्रहरी अधिकारीहरूले दाबी गरेका छन् । 

अफगानिस्तानमा तालिवान लडाकू समूहले सुरक्षाबल लक्षित सडककिनार बम विष्फोट र घरेलु बम विस्फोट  गर्दै आएका छन् । तर यस्ता घातक हतियारहरूले सर्वसाधारणलाई बारम्बार हानी पुर्याउँदै आएको छ । 

Global Ime bank

प्रतिकात्मक तस्बिर

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस ६, २०७७  १४:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC