काठमाडौं । गीतकार राजेन्द्र थापाले नेताहरुको झगडाको परिणाम आम जनताले भोग्नु परिरहेको बताएका छन् । नेताहरुबीचको झगडाले सिर्जना गर्ने बेथिती जनताले हसनुपर्ने भन्दै उनी भन्छन्, “उनीहरु (नेताहरु)बीचको दन्त बझानमा देश र जनता किन रगतपच्छे हुने ?”
खोप लगाउन पैसा नभएका बेला राज्यले पुनः निर्वाचनमा बजेट व्यवस्थापन गर्नुपर्ने अवस्था आएको उनले बताएका छन् ।
“नोकसानी हामीलाई । खर्च हाम्रो । कोरोना पीडित आर्थिक गरिब हामी । जनताको पुनस्थापना र खोपमा लाग्न पैसा छैन,” थापा सामाजिक सञ्जाल फेसबुकमा लेख्छन्, “३० अर्ब खर्च चुनावमा सरकारको । अरुको कति अरब ? सुरक्षा र विकास तथा प्रशासनमा लाग्नुपर्ने कर्मचारी सुरक्षाकर्मी र भौतिक स्रोत साधन अब आन्दोलन रोक्न र चुनाब गराउन ।”
राजनीतिक दल र नेताहरुले जनताको समस्या महसुस गर्न नसकेको भन्दै उनी अगाडि लेख्छन्, “लाखौं जनता मरिरहेका छन् खाडीलगायत विश्वभर । यहाँ भने मेरालाई सत्ता र तेरालाई लात्ता भन्ने मै मस्त ।”