site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
अहिलेभन्दा तीव्र फैलन सक्ने कोरोनाबारे बुझ्दैछ डब्लूएचओ 
Ghorahi CementGhorahi Cement

बीबीसी । विश्व स्वास्थ्य संगठन, डब्लूएचओले यसअघि बेलायती अधिकारीहरुले खबर गरेको नयाँ रुपान्तरित कोरोना भाइरसको उत्पत्तिबारे बुझ्न बेलायतसँग नजिकी सम्पर्कमा रहेको जनाएको छ ।  यो नयाँ रुपान्तरित भाइरस सुरुवाती भाइरसभन्दा धेरै तीव्रसाथ फैलन सक्ने बताइएको छ तर त्योभन्दा खतरनाक चाहिँ नभएको विश्वास गरिएको छ । 

लन्डनसहित दक्षिणपूर्वी इङ्ल्यान्डले अहिले तीव्ररुपमा फैलिरहेको संक्रमण नियन्त्रण गर्नकै लागि पहिले भन्दा कडा स्तरका नियमहरु जारी गराएको छ ।  यसमा यो नयाँ रुपान्तरित भाइरसले खोपविरुद्ध फरक प्रतिक्रिया जनाउन सक्ने सम्बन्धी चाहिँ कुनै प्रमाण छैन । यही नयाँ भाइरसको खबर पश्चात् नेदरल्यान्ड्सले आइतबारदेखि बेलायतबाट आउने यात्रुवाहक विमानमाथि प्रतिबन्ध लगाएको हो । 

Agni Group

सो प्रतिबन्ध अहिलेका लागि जनवरी १ सम्म लागू हुने डच सरकारले जानकारी दिएको छ । नेदरल्यान्डमा अघिल्लो महिना एक संक्रमितको स्याम्पल परीक्षण गराउँदा बेलायतमा फेला परेको त्यही रुपान्तरित भाइरस भेटिएपछि नै सरकारले यस्तो निर्णय लिएको बताइएको छ ।  बेलायतबाट यस सम्बन्धी थप स्पष्टीकरणको अपेक्षा गरिरहेको भन्दै नेदरल्यान्ड्सले यो नयाँ भाइरसलाई नेदरल्यान्डमा सकेसम्म फैलन नदिन प्रयत्नरत रहको बताएको हो । 

यसका साथै डच सरकारले यसबाट उत्पन्न जोखिमलाई सिमित गराउन आफूले आगामी दिनहरुमा युरोपेली युनियनका अन्य मुलुकहरुसँग सक्दो सहकार्य गर्ने पनि जनाएको छ । 

Global Ime bank

नयाँ रुपान्तरित भाइरसका बारेमा अहिलेसम्म के थाहा छ ?

यस सम्बन्धी आफूहरु बेलायती अधिकारीसँग नजिकी सम्पर्कमा रहेका बारे डब्लूएचओले ट्वीट गर्दै जानकारी दिएको हो ।  डब्लूएचओका अनुसार बेलायतले यो नयाँ भाइरसबारे हाल जारी अध्ययन अनुसन्धानबाट प्राप्त सबै जानकारीहरु प्रदान गरिरहेको छ । र डब्लूएचओले यसका विशेषता र प्रभावबारे अझ धेरै कुरा थाहा भएपछि सदस्य राष्ट्रहरु माझ सार्वजनिक गर्ने बताएको छ । 

यस सम्बन्धी अनिश्चितता कायमै भए पनि बेलायतका प्रधानमन्त्री बोरिस जन्सनले पुरानो भाइरसको तुलनामा यो नयाँ रुपान्तरित भाइरस ७० प्रतिशत बढी संक्रामक रहेको हुन सक्ने बताएका हुन् ।  तर यसले मृत्यु दर बढाउने या हालका उपचार र खोपले यसमाथि काम नगर्ने जस्ता कुराको चाहिँ कुनै प्रमाण नभएको बेलायती अधिकारीहरुले बताएका छन् । 

इङ्ल्यान्डका प्रमुख मेडिकल अधिकारी, प्रोफेसर क्रिस ह्वीटी भन्छन् , “मेरो विचारमा यसले अवस्था धेरै खराब बनाउनेछ तर अहिले खोप सर्वत्र प्रयोमा आउन लागेको हुँदा हामी सकारात्मक पनि छौँ । अहिलेका लागि खोपले यसप्रति पनि उत्तिकै प्रभावकारी रुपमा काम गर्ने भन्ने हाम्रो बुझाइ छ ।”

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस ६, २०७७  ०८:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC