site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
दोस्रो लहरको सलह प्रकोप आउने त्रासमा पूर्वी अफ्रिका
Sarbottam CementSarbottam Cement

बीबीसी । एक वर्ष नियन्त्रणको प्रयास बाबजुद यमन र पूर्वी अफ्रिकी क्षेत्रमा दोस्रो लहरको सलह प्रकोप आउन सक्ने संयुक्त राष्ट्र संघले चेतावनी दिएको छ जसले लाखौँ मानिसको जनजीवन प्रभावित गर्न सक्ने बताइएको छ ।

पूर्वी इथियोपिया, सोमालिया अनि केन्यामा सलह किराका लागि अनुकूल वातावरण सिर्जना भइरहेकाले पनि यी क्षेत्रहरु जोखिममा रहेको राष्ट्र संघले जनाएको छ । यो वर्ष अफ्रिकाले ७० वर्षकै सबैभन्दा खराब सलह अतिक्रमणको सामना गरिसकेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनका किथ क्रेसमन भन्छन्, “केन्याका लागि यो सबैभन्दा चुनौतिमय हुन सक्छ किनकि त्यहाँ सलह प्रकोप जतिबेला पनि भित्रिन सक्छ । र परिणाम स्वरुप अवस्था विगतमा भन्दा खराब हुन सक्छ । किनकी यो स्थलमा किराले कब्जा गर्न सक्ने क्षेत्र ३ लाख ५० हजार वर्ग किलोमिटर भन्दा धेरै छ । ”

यो वर्ष अगस्ट र जनवरीका बीचमा पूर्वी अफ्रिकाभर अरबौँका सङ्ख्यामा किराहरु आएर सम्पूर्ण अन्नबाली नष्ट गरेको थियो । उत्तरी केन्यस्थित खेतमा काम गर्ने गान्जोबा गुयो भन्छन्, “हामीले यस वर्ष सलहका कारण खेतबालीमा धेरै ठूलो क्षति बेहोर्नुपर्यो, धेरै गाईवस्तुहरु पनि गुमाउनुपर्यो । म एक्लैले मात्र १४ वटा बाख्रा, चारवटा गाई र दुई ऊँट गुमाउनुपर्यो । र फेरिपनि त्यस्तै परिणाम भोग्नुपर्ला भनेर अहिले सबैमा त्रास बढेको छ ।”

Global Ime bank

देशका एफएओ अधिकारीले बताएअनुसार अहिले मानिसहरु गतवर्षको भन्दा तुलनात्मक रुपमा बढी तयार भएर बसेका छन् । हाल त्यहाँ उच्च सर्तकता अपनाइ निगरानी बढाइ राखिएको छ र विमानबाट किटनासकहरु छर्किने काम पनि निरन्तर भइरहेको बताइएको छ ।

१० वटा देश पर्ने दश लाख एकड बराबरको जमिनमा यस्ता सावधानीका उपाय अपनाइएको छ ।  तर अझै पनि सलह अधिक ठूलो समुहमा एकैपटक आउँदा केही समुदाय धान्न नसक्ने अवस्थामा पुग्ने चिन्ता कायमै छ । विज्ञहरुका अनुसार गत सेप्टेम्बर र नोभेम्बरमा पूर्वी इथियोपिया र मध्य सोमालियामा वर्षायामको समयमा औसतभन्दा बढी पानी परेको हो । जसको अर्थ ती क्षेत्रमा वनस्तपतिहरु उल्लेनीय रुपमा विस्तार हुनेछन् र त्यही स्थल सलहका लागि अति अनुकूल प्रजनन क्षेत्र बन्न पुगेको छ ।

त्यस्तो वातावरणीय अवस्था पाएपछि सलह किराहरु केही महिनामै एउटा किराबाट सयौँ, हजारौँ अनि लाखौँको समुहमा यात्रा गर्न सुरु गनर्छन् । एफएओको र विश्व पर्यावरण संगठनका अनुसार मरुभूमीका सलह अत्यन्तै तीव्र गतिमा बढ्न सक्छन् र एक वर्षमै १ लाख ६० हजार गुणा बढी उत्पति हुन सक्छन् । यो वर्ष सलहका कारण सोमालियामा सबैभन्दा नराम्ररी क्षति पुगेको थियो । पहिले नै खडेरी, गरिबी र खाद्य असुरक्षा रहेका बेला सलहका कारण ८० करोड बराबरको २७ लाख टन अन्न गुमाउनु भनेको धेरै ठूलो चिन्ताको विषय हुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस ६, २०७७  ०७:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC