काठमाडौं । प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा युनाइटेडले लिड्स युनाइटेड माथि ६–२ गोलको सहज जित निकाल्न सफल भएको हो । घरेलु मैदानमा भएको खेलमा युनाइटेडलाई जित दिलाउन स्कोट एमसीटोमिनेले र ब्रुनो फर्नान्डेजले दुई–दुई गोल गरे । त्यस्तै भिक्टोर लिल्डेलोफ र डेनियल जेम्सले एक–एक गोल गर्न सफल भए ।
उता लिड्सका लागि लिमा कोपेर र इस्टुर्ट डालासले एक–एक गोल फर्काए । जितसँगै युनाइटेडले आफूलाई अंक तालिकाको शीर्ष तीनमा उभ्याउन सफल भएको छ । लिगमा १३ खेल खेलेको युनाइटेड २६ अंक सहित तालिकाको तेस्रो स्थानमा छ । लिगको उपाधि जित्ने लक्ष्य लिएको युनाइटेडले सहज जित निकाल्न सफल भएको हो ।
यता पराजित १७ अंक सहित तालिकाको १४ औं स्थानमा रहेको छ । युनाइटेडले लिगका पछिल्ला पाँच खेलमा एक खेलमा मात्र बराबरी खेलेको छ भने बाँकी चार खेलमा सहज जित निकाल्न सफल भएको छ ।