site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नाम परिवर्तन गरे भाग्य फेरिने विश्वास !
Ghorahi CementGhorahi Cement

बीबीसी । के नाम बदल्दा भाग्य पनि फेरिन्छ ? केही चिनियाँ समुदायको यसप्रति धेरै ठूलो विश्वास छ । गत अप्रिलमा मेन्डी पाङ जे कुरासँग सबैभन्दा बढी डराइरहेकी थिइन् आखिरीमा त्यही भयो, काम गर्ने ठाउँबाट मालिकले अचानक जुममा बोलाएर उनलाई मार्केटिङको जागिरबाट हटाउने निर्णय सुनाए । 

यसपछि निराश र आक्रोशित २९ वर्षीया यी हङकङ वासिन्दा घर फर्किइन् र त्यस अघिका जागिरमा पनि यस्तै किसिमको दुर्भाग्यवश् घटनाहरु भएको सम्झिइन् । यसको एक महिनापछि काम खोज्दै गर्दा उनलाई अब एउटै कुराले यसको समाधान गर्न सक्छ जस्तो लाग्यो । पाङले आफ्नो आधिकारिक नाम बदल्ने विचार गरिन् जसले भविष्यमा उनको भाग्यमा सुधार ल्याउने उनी विश्वास गर्छिन् । 

उनी भन्छिन्, “मेरी आमाको साथीले मलाई भन्नुहुन्थ्यो कि नयाँ नामले मलाई मेरो जीवनमा नराम्रो प्रभाव पार्ने मान्छेहरुबाट मुक्त गराउन सक्छ । त्यसैले मैले यस्तो निर्णय लिएकी हुँ ।”

Agni Group

चीनको प्राचीन संस्कृति अनुसार सबै मान्छेको नामका पछाडि केही न केही अर्थ हुन्छ जसले हामीले सोचेभन्दा धेरै महत्व बोकेको हुन्छ । पूर्वी एसियाभर चिनियाँ समुदायहरुले मान्छेको नामले जीवनको सबै पक्षमा : स्वास्थ्यदेखि प्रेम, आर्थिक अवस्था र पढाइसम्ममा प्रभाव पार्न सक्ने विश्वास गर्छन् । 

यस्तोमा महामारीका कारण अर्थतन्त्रमा नराम्ररी क्षति पुगेका बेला पाङ जसरी बेरोजगार भएर बस्नुपरेका धेरैले आफ्नो सीभीलाई आकर्षक बनाउनुका साथै ज्योतिषहरु कहाँ गएर नाम बदल्ने सम्बन्धी तिनको सुझाव पनि लिइरहेका छन् । 

Global Ime bank

हङकङका सबैभन्दा प्रख्यात ‘फेङ सुइ’ अभ्यासकर्ता लि सिङ–छाक भन्छन्, “चिनियाँहरुमा भाग्यलाई निर्धारण गर्ने दश प्रमुख तत्व हुन्छन् भन्ने विश्वास छ । यसमा मान्छे जन्मिएको समय र राम्रो कर्मबाहेक व्यक्तिको नामले पनि जीवनमा धेरै कुरा निर्धारण गर्ने परम्परागत मान्यता रहेको छ ।”

यो प्राचीन संस्कृति अन्तरगत ऊर्जाको बहाव र सन्तुलन हेरेर बच्चाको जन्म समय र मितिलाई ख्याल गरि ध्यानपूर्वक नाम राख्ने गरिन्छ जसमा चिनियाँ अक्षरका पाँच तत्व : आगो, काठ, पानी, धातु र जमिन मध्ये खगोलपात्रसँग जुन अक्षर मेल खान्छ त्यसलाई मिलाएर नाम राखिएको हुन्छ । यसमा नाम सुन्दा राम्रो हुनुका साथै त्यसमा प्रयोग भएका अक्षर र प्राकृतिक तत्वहरु पनि सन्तुलिन हुनुपर्छ जसले नै बच्चाको भाग्यमा सुधार ल्याउन मद्दत गर्ने विश्वास रहेको छ । 

यसको अर्थ यदि पछि गएर कसैको जीवनमा नराम्रो मात्र भइरहेको छ भने त्यस किसिमको असन्तुलनलाई पुनःमर्मत गर्न नाममा नयाँ तत्वयुक्त अक्षर थप्न सकिन्छ । तर, यसमा प्रत्येक भविष्यवाणीकर्ताहरुको आ–आफ्नै बुझाइ र धारणा हुन्छ । जस्तै पाङका ज्योतिषीले उनलाई आफ्नो पहिलो नामका केही चिनियाँ अक्षरहरु बदल्न सुझाव दिए जसले उनको भाग्य राम्रो बनाउने भनिएको छ । 

चीनको गुआङदोङका छिन फोउकिनको भने चार वर्ष हुँदा नै उनको नाममा धातु तत्वयुक्त अक्षर थपिएको थियो । त्यो बेलामा उनलाई महिनौँसम्म स्वास प्रस्वास सम्बन्धी समस्याले सताइरहेको थियो र थुप्रै डाक्टरहरुलाई देखाउँदा पनि उनी ठीक नभएपछि उनकी आमाले धातुयुक्त अक्षर थप्नुले भाग्य सन्तुलिन हुने अपेक्षा सहित नाम परिवर्तन गराउने निर्णय गरेकी हुन् । अहिले २४ वर्ष पुगेका छिन भन्छन्, “त्यसपछि मेरो रोग रहस्यमयी तरिकाले हरायो । र मेरी आमाले अझैपनि नाम बदलेर नै त्यस्तो भएको भन्ने विश्वास गर्नुहुन्छ ।” तर उनी आफूलाई भने यसप्रति शंका लाग्ने गरेको उनले बताए । उनले भने, “मेरो अनुमानमा ठूलो हुँदै गएपछि मेरो प्रतिरोधात्मक क्षमता वृद्धि भयो त्यसैले म ठीक हुँदै गएँ ।”

यस किसिमका विश्वासले वास्तविक काम गर्छ भन्ने कुनै वैज्ञानिक प्रमाण नभएपनि अझैसम्म यो परम्पराको शक्तिशाली असर कायमै भएको ‘युनिभर्सिटी अफ सिंगापूर’ मा मार्केटिङका असोसिएट प्रोफेसर जाङ यान बताउँछन् । उनले परम्परागत संस्कृति पछाडिको मानसिकता सम्बन्धी धेरै गम्भीर रिसर्चहरु गरेका छन् । 

जाङ भन्छन्, “सबै मान्छेमा विशेषगरी अनिश्चितताको समयमा एक किसिमको नियन्त्रण हासिल गर्ने चाहाना हुन्छ । र यसमा नाम बदल्नुले मान्छेलाई आफ्नो इच्छा अनुसारको ‘कन्ट्रोल’ दिन सक्छ, कि नाम फेरिरहँदा यसले भविष्यमा हुने घटनाहरु पनि बदल्नेछ । यसले वास्तविकतामा परिवर्तन ल्याउन कुनै मद्दत नगरेपनि हाम्रो ‘एन्जाइटी’ अर्थात चिन्तालाई चाहिँ कम गराइ मनलाई आराम दिलाउँन सक्छ । यति मात्र नभएर यसले आगामी घटनाहरुमा हाम्रो संलग्नतामा पनि सकारात्मक प्रभाव पार्न सक्छ जस्तै कि मानिसहरु पहिलेभन्दा बढी आत्मविश्वासी भएर काम गर्नेछन् ।”

हङकङमा २३ वर्षीया लोरा यीपको परिवार नाम परिवर्तन गराएकै कारण उनको सामाजिक व्यक्तित्त्वमा राम्रो प्रभाव परेको विश्वास गर्छन् । परिवारले १८ वर्षको उमेरमा उनको नाम बदलिदिएका थिए । उनी भन्छिन्, “मेरो पूरै परिवार फेङ सुइमा विश्वास गर्छ र म पनि अलिअलि गर्छु होला । मेरो अंकल भन्नुहुन्छ, मैले नाम फेरेँ भने मलाई विहे गर्न सजिलो हुन्छ उता मेरी आमा चाहिँ म ठूलो हुँदै गर्दा राम्रो ‘लक’ होस् भन्ने चाहानुहुन्छ ।”

यस्तोमा चिनियाँ नाम, ‘यिप अन–यु’ भएको उनले आफ्नो जन्म मिति सम्बन्धी सबै जानकारीहरु एक ज्योतिषीलाई दिइन् जसले पछि उनलाई नयाँ नाम, ‘यिप शन–यान’ राख्न भने । उनले आफूलाई यो नयाँ नाम निकै मन परेको बताइन् जसले तत्वहरुमा सन्तुलन ल्याइ उनको जीवनमा आन्तरिक सम्बन्धहरु राम्रो राखिरहनमा मद्दत गर्ने उनको भनाइ छ ।  

तर, यो सबै प्रक्रिया सोचेजति सजिलो र सस्तो भने छैन । पूरै प्रक्रियाका लागि उनले हङकङको कूल १५ हजार डलर खर्च गरेकी हुन् जसमा आधिकारिक रुपमा नाम बदल्ने आवेदनका लागि थप ५०० डलर लागेको थियो । तापनि यो सबै पैसा खेर नजाने आफ्नो विश्वास रहेको उनी बताउँछिन् । उनले भनिन्, “म सानो हुँदा बोल्नै जान्दिनँ थिएँ रे तर नाम फेरिएपछि म धेरै नम्र स्वभावको भएको आमा र मेरो अंकल बताउँनुहुन्छ । यसमा नयाँ नामकै कारण म त्यस्तो भएँ भन्ने पक्का छैन तर मैले काम गर्न थालेपछि म सामाजिक रुपमा बढी सक्रिय अनि राम्रो स्वभावको चाहिँ भएकै हुँ ।” 

यिपका अनुसार उनकी आमाले नयाँ नामले अझ प्रभावकारी रुपमा काम गरोस् भनेर दैनिक बिहानमा दुईपटक उनको नाम प्रयोग गर्ने गरेकी छन् । उनी भन्छिन्, “ज्योतिष विज्ञहरुका अनुसार नयाँ नाम फेरेपछि जति धेरै त्यो नामको प्रयोग गर्यो त्यति नै बढी त्यसले काम गर्नेछ । त्यसैले मैले मेरो साथीहरुलाई पनि नयाँ नामले नै बोलाउन भनेकी छु ।”

विभिन्न तथ्याङ्कहरु हेर्दा पनि विशेषगरी अनिश्चित र अफ्ठ्यारा समयहरुमा नाम परिवर्तन गर्ने चलन बढ्ने गरेको पाइएको छ । जस्तै रिपोर्टका अनुसार २०१६ मा दक्षिण कोरियामा बेरोजगारी सबैभन्दा उच्च बिन्दुमा रहेका बेलामा झन्डै १ लाख ५० हजार नागरिकले नाम फेर्न आवेदन दिएका थिए । त्यस्तै यो वर्ष पनि विश्वभर आर्थिक संकट र अनिश्चितता बढेको छ । गत सेप्टेम्बरमा हङकङमा १६ वर्ष यताकै धेरै बेरोजगारी दर रहेको थियो । महामारीका साथै त्यहाँ राजनीतिक अनिश्चितता पनि बढेको छ । 

यस्तोमा सरकारी डाटा हेर्दा पछिल्लो पाँच वर्षमा नाम परिवर्तन गर्ने चलन वृद्धि भइरहेको देखिन्छ । २०२० का सुरुआती नौ महिनामा हङकङमा मात्र १२०० भन्दा धेरै मानिसले नाम बदल्न आवेदन दिएका हुन् । 

हङकङकै अर्की एक फेङ सुइ अभ्यासकर्ता माक लिङ–लिङका अनुसार नाम फेर्ने सम्बन्धी उनको सुझाव माँग्न आउनेहरुको सङ्ख्यामा पछिल्ला केही वर्षमा उल्लेख्य वृद्धि भएको छ र त्यसमा ६०–७० प्रतिशत आफ्नो ‘खराब लक’बाट मुक्त हुनकै लागि आउने गरेको पनि उनले बताइन् । उनी भन्छिन्, “मान्छेको नाम कपडा जस्तै हुन्छ । त्यसले व्यक्तिगत स्वभावदेखि सम्भावित स्तरको समेत प्रतिनिधि गरिरहेको हुन्छ । जस्तै चीनमा प्रायः मानिसहरु पुरानो नभएर नयाँ र आधुनिक अनि असाधारण नामको खोजीमा हुन्छन् जसले उनीहरलाई भीडमा फरक तुल्याउनेछ ।”

तर कतिपय अवस्थामा यसको प्रभाव नकारात्मक पनि हुने गरेको माक बताँउछिन् । जस्तै धेरै अभिभावकहरुले आफ्ना छोराछोरीले कक्षामा पहिलो स्थान हासिल गरोस् भनेर नाम बदल्न चाहने गर्छन् तर त्यो सम्भव छैन । किनकी नाम परिवर्तन गर्नुले व्यक्तिको भाग्यलाई नयाँ दिशामा लैजाने भएपनि व्यक्तिको क्षमता भन्दा बाहिरको काम गर्न नसक्ने उनले बताइन् । 

आहिले पाङ आफूले जागिर खोजिरहँदा नयाँ नामले कुनै ठूलो फरक नपारेको बताउँछिन् । उनी भन्छिन्, “अब यो वर्ष म काम गर्नभन्दा पनि आफ्नो पढाइमा ध्यान दिनेपट्टी लाग्छु ।” यता जाङले पनि हङकङमा त्यसरी नै जागिर खोजिरहेकाहरुलाई नाम र ज्योतिषमा धेरै निर्भर नहुन चेतावनी दिएका छन् । 
उनी भन्छन्, “नाम बदल्नुमा कुनै हानि छैन तर हामीले यो अन्धविश्वासी कदम हो भन्ने चाहिँ बिर्सनु हुँदैन र आफूले चाहेको कुरामा सुधार ल्याउन मिहिनेतकै बाटो अपनाउनुपर्ने हुन्छ ।” बीबीसीबाट 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस ५, २०७७  ०७:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC