site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
वासिङटनमा मार्च ३१ सम्म स्वास्थ्य संकटकाल
Sarbottam CementSarbottam Cement

वासिङटन । अमेरिकाको वासिङटन डिसीमा स्वास्थ्य संकटकालको समयावधि लम्ब्याइएको छ ।

स्वास्थ्य संकटकाल आगामी मार्च ३१ सम्मका लागि कायमै राख्ने निर्णय भएको मेयरको कार्यालयले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

‘‘आज मेयर मुरिएल बोसेरले एउटा आदेश जारी गर्दै कतिपय गतिविधिमा प्रतिबन्ध लगाउनुभएको छ,’’ कार्यालयका एक अधिकारीले भने ।

स्वास्थ्य संकटकाल लगाइएकोबारेमा सरकारी अधिकारीले शुक्रबार बेलुका जानकारी दिएका हुन् ।

Global Ime bank

विशेष गरेर क्रिसमस र नयाँ वर्ष मनाउनका लागि धेरै भिडभाड तथा चहलपहल हुने र त्यहीक्रममा कोरोनाभाइरसको संक्रमण थप फैलिने खतरा देखिएकाले संकटकाल लम्ब्याइएको उनीहरुको भनाइ छ ।

विश्व स्वास्थ्य संगठनले गत वर्षको मार्च ११ तारिखमा कोरोनाभाइरसको असरलाई महामारी घोषणा गरेको थियो ।

कोरोनाभाइरसका कारण विश्वभरि अहिलेसम्म सात करोड ५६ लाखभन्दा बढी मानिस संक्रमित भएका छन् भने १६ लाख ७० हजारभन्दा बढीको मृत्यु भएको छ ।

तीमध्ये सबैभन्दा धेरै अमेरिकामा मात्रै तीन लाख १३ हजारभन्दा बढीको मृत्यु भएको र एक करोड ७४ लाखभन्दा बढी संक्रमित भएको अधिकारीले जनाएका छन् । रासस/एएनआई
तस्बिरः गेट्टी इमेजेज् ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस ४, २०७७  १७:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC