site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
तीन तेक्वान्दो खेलाडी सम्मानित
Sarbottam CementSarbottam Cement

काठमाडौं । आईटीएफको भर्चुअल सेरोमोनिद्वारा नेपालका तीन खेलाडी सम्मानित भएका छन् । अष्ट्रेलियन सिनियर मास्टर माईकल मुलेताको संयोजकत्वमा आयोजना भएको आईटीएफ हल अफ फेम भर्चुअल सेरोमोनिमा शनिबार तेक्वान्दो आईटीएफ नेपालका खेलाडी तथा प्रशिक्षक सम्मानित भएका हुन् ।

२०२० को अप्रिल महिनामा आयोजना हुनुपर्ने यो कार्यक्रम कोभिडको कारणले स्थगित भई अहिले भर्चुअल सेरोमोनीद्वारा आयोजना भएको थियो । उक्त भर्चुअल सेरोमोनी कार्यक्रम तेक्वान्दो आईटिएफ नेपालका संस्थापक अध्यक्ष एवं आईटिएफ तेक्वान्दोमा नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय पदक विजेता लक्ष्मण बस्नेत अन्तर्राष्ट्रिय ब्राण्ड एम्बासडरका रुपमा सम्मानित भएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले विगत ३२ वर्षदेखि लगातार तेक्वान्दो खेलमा रहि राष्ट्रिय एवं अन्तर्राष्ट्रिय खेलाडी र अन्तर्राष्ट्रिय प्रशिक्षक तथा ए लेवलको रेफ्रि रहि तेक्वान्दो खेलको विकाश र विस्तारको लागि नेपाल तथा विश्वका विभिन्न दुई दर्जनभन्दा धेरै देशमा योगदान पुर्याए बापत उक्त सम्मान दिइएको थियो । बस्नेतले २०१६ मा बेलायतमा आयोजना भएको विश्व तेक्वान्दो प्रतियोगितामा समेत काश्य पदक जित्नुका साथै सन् २०११ मा दक्षिण कोरियाको तेक्वान्दो हेडक्वाटर कुकिवानमा आयोजना भएको तेक्वान्दो हल अफ फेमद्वारा समेत लिडरसिप अवार्ड प्राप्त गरेका थिए ।

त्यसैगरी प्रशिक्षक गयाजी खड्कालाई ईन्डोमेटिएबल स्प्रीट अवार्ड तथा खेलाडी सस्मन बस्नेतलाई आउटस्ट्यान्डीङ्ग एथलेट अवार्ड प्रदान गरिएको थियो । गयाजी खड्का विगत २२ वर्षदेखि तेक्वान्दो खेलमा आबद्ध धैर्य ईमान्दारी तथा आफ्नो अदम्य साहश मार्फत नेपालमा तेक्वान्दो खेल विकाशको लागि आफ्नो महत्वपूर्ण योगदान दिँदै नेपालमा आयोजना भएका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा विभिन्न पदकहरु जित्नुका साथै सन् २०१० मा बेलायतमा आयोजना भएको ब्रिटिस ओपन च्याम्पीयनसिपमा कास्यपदक जितेका थिए ।

Global Ime bank

त्यस्तै लक्ष्मण बस्नेतका छोरा सस्मन बस्नेतले १० वर्षको उमेरदेखि तेक्वान्दो खेल खेल्न सुरु गरी नेपालमा भएको विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा स्वर्ण पदक जिती सन् २०१६ मा बेलायतमा आयोजना भएका विश्व तेक्वान्दो प्रतियोगितामा रजत पदक तथा सन् २०१७ मा दक्षिण कोरियामा आयोजना भएको एसियन तेक्वान्दो प्रतियोगितामा स्वर्णपदक जितेका थिए । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस ४, २०७७  १७:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC