site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
‘एनपीएल’ आयोजना हुन्छ : चन्द
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले कोभिड–१९ का कारण रोकिएको क्रिकेट खेलले विस्तारै गति लिने बताएका छन् ।

लामो समयदेखि क्रिकेटको कुनै पनि खेल हुनसकेको छैन । अब भने क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)सहित विभिन्न घरेलु खेलहरुको आयोजना छिट्टै गर्न लागेको उनले बताए ।

शनिबार धनगढीमा पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष चन्दले नेपालको क्रिकेटलाई विश्वस्तरीय बनाउन धेरै सुधार गर्नुपर्ने उल्लेख गरे । क्यानले त्यसतर्फ ध्यान दिएको उनको भनाइ छ ।

Prabhu Bank
Agni Group
NIC Asia

विश्वभर चर्चा पाउने गरी एनपीएल आयोजना गरिने उनले बताए ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त डेभ वाटमोरको कारण क्रिकेट विकासमा टेवा पुग्ने चन्दको विश्वास छ ।

Global Ime bank

क्यानलाई पारदर्शी बनाउने र विभिन्न उमेर समूहका खेलाडीहरूको छनोट गर्दा उनीहरूको क्षमतालाई मुख्य प्राथमिकता दिनेसमेत उनले बताउनुभयो ।

निजीस्तरमा सञ्चालन भइरहेका लिगहरूलाई पनि कानुनी दायरामा ल्याउने उनले प्रस्ट पारे ।

सरकारले क्रिकेट विकासमा ध्यान नदिँदा नेपाली क्रिकेटले लक्ष्यअनुसार फड्को मार्न नसकेको उनको भनाइ छ ।

फाइल तस्बिरः फेसबुकबाट ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस ४, २०७७  १६:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC