site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
साढे तीन वर्ष अन्धकारमा रुमल्लिरहेको थिएँ 
Ghorahi CementGhorahi Cement

बलिउड 
साढे तीन वर्ष अन्धकारमा रुमल्लिरहेको थिएँ 
रणवीर सिंह
ठीक एक दशकअघि । जब उनले ‘ब्यान्ड बाजा बारात’ (बीबीबी) बाट ‘डेब्यु’ गरे, कसैले अनुमान गरेका थिएनन् कि रणवीर सिंह कुनै दिन सफलतापूर्वक आफूलाई एक बलिउड स्टारकारूपमा स्थापित गर्न सफल हुनेछन् । तर, ‘लुटेरा’, ‘गोलियो की रासलीला राम–लीला’, ‘बाजीराव मस्तानी’, ‘दिल धडकने दो’, ‘पद्मावत’, ‘सिम्बा’ र ‘गली ब्वाय’जस्ता चलचित्रमा फरक र गतिलो भूमिका र अभिनयका कारण उनले हिन्दी फिल्मजगतमा आफ्नो ओहदा स्पष्ट पारेका छन् । यो वर्षौँ दौडानको सहयोगी सिंहकै भिन्न–भिन्न पात्र चयन र अभिनय क्षमता हो । रणवीरले यही डिसेम्बर १० मा चलचित्रको संसारमा एक दशक पूरा गरेका छन् । उनले यो एक दशकमा एक बलिउड अभिनेताका रूपमा कमाएको अनुभव, अविस्मरणीय क्षणहरू, उनको सपना, आकांक्षा, असफलताका साथै सफलताका बारेमा हिन्दुस्तान टाइम्सले गरेको कुराकानी प्रस्तुत छ ।
 
तपाईंको करिअरको यस चरणमा आफ्नो दशक लामो यात्रालाई फर्केर कसरी हेर्नुहुन्छ ? कुनै विशेष माइलस्टोन ?

सबैमध्ये मेरो ठूलो माइलस्टोन (उपलब्धि) भनेको म मेरो पहिलो चलचित्रका लागि चयन हुनु नै हुनुपर्छ । त्यो क्षण अविस्मरणीय छ । आज पनि म त्यो क्षण सम्झिँदा मेरो शरीरमा काँडा उम्रिन थाल्छ । त्यस्तो पृष्ठभूमिबाट आएको मजस्तोलाई त्यति ठूलो ब्रेक प्राप्त हुनु भनेको मेरो कल्पनाभन्दा धेरै टाढा थियो । 

त्यो अविस्मरणीय मोडपछि यो मेरा लागि सिक्ने, बढ्ने र आफूलाई एक रचनात्मक व्यक्ति, प्रस्तुतकर्ता र एक पब्लिक फिगरको यात्रामा लाग्नेक्रम निरन्तर भइरहेको छ । हरेक नयाँ वर्ष र चलचित्रका साथ मैले केही नयाँ सीप सिक्ने र सधैँ आफूलाई हिजोभन्दा अझै शिल्पशील बनाउने प्रयास गरिरहेको छु । त्यसैले म हरेक मौकाका लागि आभारी छु । 

Agni Group

पहिलो चलचित्र पाउनुअघि, तपार्इंले अनुराग कश्यप र निखिल आडवाणीजस्ता निर्माताहरूबाट अस्वीकृत हुनु परेको थियो ! आज ती दिनहरूलाई कसरी हेर्नुहुन्छ ?
मेरो संघर्षको अवधि सजिलो थिएन । त्यस समयमा मन्दी चलिरहेको थियो । चलचित्रको व्यवसाय पनि त्यति नाफामूलक भइरहेको थिएन । त्यसैले मानिसहरू कमै चलचित्र बनाइरहेका थिए । त्यसैले आजको तुलनामा कलाकारहरूका लागि अवसरहरू कम थिए । हामीसँग वेब र ओटीटी प्लेटफर्महरू पनि थिएन । राम्रो अवसर पाउन गाह्रो थियो । 

साढे तीन वर्षसम्म म अन्धकारमा रुमलिरहेको थिएँ ! विभिन्न अवसरहरू खोज्दै ब्रेक प्राप्त गर्ने प्रयास गर्ने कोसिस गर्दै थिएँ । आफ्नो पोर्टफोलियो लिएर कामको खोजी गर्दै विभिन्न कार्यालयहरूको चक्कर लगाउँदै थिएँ, कहिले पूरा हुन्छ भन्ने थाहा नभए पनि । मजस्ता मानिसले ठूलो मौका पाउने र हिन्दी चलचित्रको लिडमा खेल्ने सपना देख्नु निकै टाढाको कुरा हो । तर, मेरो परिवारको माया, आशीर्वाद, समर्थन र त्यागका कारण म भाग्यशाली बनेर यो यात्रामा निरन्तर लागिरहन पाएको छु । 

Global Ime bank

मैले २१ वर्षको उमेरमा करियरको सुरुआत गरेको थिएँ । मैले ‘पटियाला हाउस’मा सानो भूमिकाका साथ डेब्यु गरेको थिएँ र लगभग साना बजेट फिल्महरू पनि गरेँ । जसमा अनुराग सर प्रत्यक्ष÷अप्रत्यक्ष सम्बद्ध थिए । आज निखिल सर र अनुराग सर दुवैजना मजस्तै अचम्मित भएका छन् होला । किनकि, जसरी मेरो सुरुआत भयो र आज म जुन चिनारीमा बाँचिरहेको छु ।

आज तपाईं सुरुका दिनहरूतिर फर्केर हेर्दा के तपाईंले अहिले पाइराख्नुभएको सफलता पाउँछु भनेर कहिले सपना देख्नुभएको थियो ?
पटकै थिएन ! मेरो डेब्यु चलचित्रको पहिलो शुक्रबारदेखि नै मेरो जीवनमा भएका घटनाहरू मेरो करियरका साथै सम्पूर्ण यात्रा मेरो कल्पनाभन्दा बिलकुलैै बाहिर छ । ममाथि भएका र मेरो वरिपरि भएका घटनाहरू मैले कहिले सपनामा पनि देखेको थिइनँ । केही न केही त हुन्छ । तर, यस्तो हुन्छ भनेरचाहिँ कहिले सोचेको थिइएन । 

(हाँस्दै) उनीहरू भन्थे, ‘तिमीले ठूलो सपना देख्ने सामर्थ्य राख्नुपर्छ’ । तर, इमान्दारीपूर्वक भन्नुपर्दा मैले त्यति ठूलो सपना देख्न सकिनँ । म कसरी पविर्तन भएँ र आज म कहाँ छु भनेर फर्केर हेर्ने हो भने यी मेरा लागि अवास्तविक लाग्छन् । 

अहिलेसम्म तपाईं सफलतापूर्वक फरक–फरक फिल्मका फरक भूमिकामा देखिनुभएको छ, तपार्इं कसरी आफ्नो सिनेमाको ब्रान्डलाई परिभाषित गर्नुहुन्छ ?
म गुणस्तरीय मनोरञ्जनको पक्षमा छु । म स्वयंलाई कुनै पर्र्फर्मर वा कुनै चलचित्रको ब्राण्डको रूपमा परिभाषित गर्न चाहन्नँ । किनभने, मलाई लाग्छ त्यसले दायरालाई खुम्च्याउँछ । म जति–जति चलचित्रमा काम गर्दै जान्छु, जति धेरै अनुभव बटुल्दै जान्छु, मलाई महसुस हुन्छ पर्र्फर्मेन्स, कला, चलचित्र निर्माण, चलचित्रको कुनै निश्चित सीमा हुँदैन । कला, शिल्प र अवसरहरू असीमित हुन्छन् । त्यसैले म यसलाई कुनै निश्चित परिभाषा दिन चाहन्न् । 

मेरो सधैँको प्रयास भनेको बहुमुखी कलाकार हुनु हो । जो कुनै सीमामा बाँधिएको हुँदैन र कुनै निश्चित जनरा र पर्फर्मेन्स गर्ने कलाकार नबनौँ भन्ने नै हुन्छ । चलचित्र निर्माता र दर्शक दुवैले मलाई हरेक भूमिकामा अट्ने र उत्कृष्ट प्रस्तुति दिन्छ भन्ने नजरबाट हेरुन् भन्ने सोच्छु । कति गुणहरू म आफैँमा थिए भने कति मैले समयसँगै सिक्दै गएँ । म आफूलाई भर्सटाइल पर्र्फर्मरको रूपमा साबित गर्न चाहन्छु । 

जब तपाईं आफ्नो पहिलो र पछिल्लो चलचित्र हेर्नुहुन्छ, के तपाईं आफ्नो पर्फर्मेन्समा कुनै समानता वा फरक देख्नुहुन्छ ? 
मैले यो स्वीकार गर्नुपर्दछ कि जब मैले ‘जयेश भाइ जोर्डार’ (जेबीजे) (पछिल्लो चलचित्र) हेरेँ, मलाई लाग्यो कि म एक अनुभवी कलाकारलाई हेरिरहेको छु ! मेरो पहिलो चलचित्रबाट अहिलेसम्मको चलचित्रमा धेरै भिन्नता छ । मेरो पहिलो चलचित्रमा मलाई एबीसीको प्रक्रिया थाहा थिएन । म यति कच्चा थिएँ कि कसरी मैले त्यो प्रक्रिया पूरा गरेँ र सफलता हासिल गरेँ, मलाई थाहा छैन । 

म एक सहायक निर्देशकको रूपमा थिएँ र मैले साना कामहरूमात्रै गर्थेँ । कुनै पेसागत अभिनेताहरूको निकट थिइनँ, यो थाहा पाउन कि एक अभिनेता भएर काम गर्नुको अनुभव पाउन र एक पर्फर्मरको रूपमा सेटमा काम गर्न । मैले अभिनय सुरु गर्दा म क्लुलेस थिएँ । तर, मैले दौडिरहेको ग्राउन्ड समातेँ र काम गर्दै जाँदा सिकेँ र हरेक चलचित्रका निर्देशकहरूले सिकाउनुभयो । हरेक दिन मेरा लागि नयाँ कुरा सिक्ने थलो थियो । पछिल्ला केही दशकमा मैले चलचित्रको हरेक प्राविधिक कुरादेखि सबै कुरा सिकेँ । मलाई लाग्छ, जब तपाईंले आफ्ना हरेक कामका लागि प्रशंसा पाउनुहुन्छ, तब तपाईं शक्तिशाली र सक्षम महसुस गर्दै अझै चुनौती व्यहोर्न तयार हुनुहुनेछ । 

के तपाईं कहिल्यै विरासत (लिगेसी) छोड्नेबारे सोच्नुहुन्छ ? यदि, हो भने कस्तो प्रकारको विरासत छोड्न चाहनुहुन्छ ?
साँच्चै म हरेक दिन विरासत छोड्ने हिसाबमा काम गर्छु । एक त्यस्तो फिल्मोग्राफर, जसमा म गर्व गर्न सकूँ । म यस कला क्षेत्रमा एक महत्वपूर्ण योगदान दिन र अन्य कलाकारहरूलाई पनि उत्प्रेरित गर्न चाहन्छु । ठिक त्यसैगरी, जसरी मलाई मेरा वरिष्ठ कलाकारले प्रेरणा प्रदान गरे । हामी सबैजना इतिहासमा याद हुन चाहन्छौँ हैन ? मलाई लाग्छ, हरेक सामाजिक मानवका लागि यो स्वाभाविक पनि हो । 

एक पूर्ण मनोरञ्जनकर्ता, एक भर्सटाइल अभिनेताका रूपमा मलाई सम्झिऊन् भन्ने चाहन्छु । एक त्यस्तो भर्सटाइल अभिनेता, जसको कामले देशका लागि उत्कृष्ट चलचित्र प्रदान गर्न सकूँ । यी सबै मेरा महत्वाकांक्षाहरू हुन्, जसलाई पूरा गर्न र मेरो देशलाई गौरवान्वित महसुस गराउन म हरेक दिन कडा मिहिनेत गरिरहेको छु । म आफू एक मनोरञ्जनकर्ताको रूपमा देख्छु र म विश्वास गर्दछु कि मैले मेरो गन्तव्य पूरा गर्दा भगवान्ले मलाई सधैँ निर्देशन गरिरहनुभएको छ । 

चलचित्रबाहेक तपाईंको उत्साहपूर्वक जीवन र अवतारका कारण पनि तपाईंका प्रशंसकहरूले तपाईंलाई मन पराउनुहुन्छ, प्रशंसकहरूको स्टार बन्नुको यात्रा कसरी वर्णन गर्नुहुन्छ ?
म मेरो करियरको सुरुआती दिन याद गर्न चाहन्छु । जब मेरा सल्लाहकार (फिल्ममेकर) आदित्य चोपडाले मेरो यो सीपबारे थाहा पाएर मलाई मानिसहरूसँग नजिकिन प्रोत्साहित गरेका थिए । आज सामाजिक सञ्जालले व्यक्तिहरूसँग नजिकिने राम्रो मौका दिएको छ । मलाई याद छ, आदि सरले एकपटक भन्नुभएको थियो, “तिमी जति धेरै मानिसहरूसँग कुराकानी गर्छौ, जति धेरै आफ्नोबारेमा उनीहरूलाई थाहा दिन्छौ, त्यति नै धेरै माया पाउँछौ र तिमी विजयी हुनेछौ ।” म भाग्यशाली ठान्छु कि आजसम्म पनि उहाँको भविष्यवाणी सही साबित भइरहेको छ । 

जब कसैले मप्रति माया दर्साउनुहुन्छ, म उहाँको मायाको मनैदेखि कदर गर्छु । धेरैपटक मैले यसलाई भावनात्मक हिसाबले लिएको छु । म मानिसहरूसँग भेट्न, कुराकानी गर्न र अझै ऊर्जा आदानप्रदान गर्न रुचाउँछु । अहिले सामाजिक दूरी पालना गर्नुपर्ने भएकाले मजस्तोका लागि यो अलिकति अनौठो माहोल भइरहेको छ । एक सेलिब्रेटीको नाताले पनि म उनीहरूकै मान्छे हो भन्दा मलाई लाज लाग्दैन । जब मानिसले मलाई माया दिनुहुन्छ, तब मैले पनि त्यो माया फर्काउनु पर्ने हुन्छ र अझै डबल गरेर फर्काउँछु । 

अनस्क्रिन कार्यबाहेक तपाईं आफ्नो अनौठो फेसनशैलीका कारण पनि चर्चामा आउनुहुन्छ, तपाईं आफ्नो यो बोल्ड ‘आउट–अफ–द बक्स’ छनोटलाई कसरी वर्णन गर्नुहुन्छ ? 
इमान्दारीपूर्वक भन्नुपर्दा मैले फेसनको परिदृश्य बदल्छु भनेर सोचेको थिइनँ । यस्तो भयो कि म मेरो व्यक्तिगत शैलीमा सत्य रहनका लागि आफ्नो छनोटमा अझै प्रामाणिक हुन थालेको हुँ । यो स्पष्टरूपमा ‘भारतीय फेसनको लागि साँस्कृतिक क्षण’ बन्यो ।

यहाँ मेनस्ट्रिम हिन्दी चलचित्रका हिरो थिए, जसले कठिन र बोल्ड छनोट गरे । जुन एक्सपेरिमेन्टल थियो । मानिसहरू यो डिजाइन सोच्थे, जुन पटक्कै होइन । यो आफैँ भयो । करिब दुई/तीन वर्षको शो व्यवसायमा म आफूले आफैंलाई लुकाउन थालिसकेको थिएँ । यदि, तपाईंले मेरो सुरुआती दिनहरूको पब्लिक लुक हेर्नुहुन्छ भने त्यो म थिइनँ । एउटा अन्डर–कन्फिडेन्स र अनसोयर व्यक्ति त्यसमा कम्फर्ट खोजिरहेको थिएँ । 

चलचित्र लुटेरामा जीवन परिवर्तन गर्ने गरी ढाडमा चोट लागेपछि मैले सोच्ने मौका पाएँ । त्यो क्षणमा मैले निर्णय लिएँ कि म अब आफैँप्रति इमान्दार र सत्य बन्नेछु । त्यसैले म मेरो जीवनको पहिलेको अतरंगी जीवनमा फर्किएँ । स्कुलमा पनि मलाई मेरा साथीहरूले अतरंगी भनेर नै बोलाउँथे । मैले कसैले सोच्नै नसक्ने हरेक स्टाइल आफूमा एक्सपेरिमेन्ट गरेर हेरेको छु । स्टाइल र फेसनको कुरा आउँदा म जहिले पनि केही फरक र आकर्षक कुरामा नै आकर्षित भएँ । 

(प्रशान्त सिंह/हिन्दुस्तान टाइम्सबाट सम्पादित अंश)
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस ४, २०७७  ०९:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC