site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
पिपुल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हुने पल्सर स्पोटर्स  अवार्ड २०७६ अन्तर्गत पिपल्स च्वाइस मनोनयन घोषणा भएको छ । 

आयोजक एनएसजेफ शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै मनोनयन सार्वजनिक गरेका हुन् ।  एनएसजेएफले सार्वजनिक गरेको अवार्ड अनुशासन चारजनालाई मनोनयन गरेको हो ।  जसमा पौडीकी गौरिका सिंह, भलिबलकी कप्तान अरुणा शाही, करातेका मन्डे श्रेष्ठ, बास्केटबलकी कप्तान सलिना श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारी परेका छन् । 

गौरिकाले घरेलु मैदानमा सम्पन्न १३ औं दक्षिण एसियायी खेलकुद प्रतियोगिता (साग) मा नेपालका लागि पौडीमा ४ स्वर्ण पदक दिलाएकी थिइन् ।  त्यस्तै अरुणा नेपाली महिला भलिबल टोलीले एतिहासिक रजत पदक जित्दा उनी मुख्य खेलाडी थिइन् । त्यस्तै मन्डेले साग खेलकुदमा करातेमा नेपालका लागि  दुई स्वर्ण अदक जिताएका थिए । 
यता फुटबलमा सावित्राले नेपाली टोलीलाई रजत पदक दिलाउन महत्त्वपूर्ण भूमिका खेलेकी थिइन् ।  बास्केटबलकी सलिना नेपाली महिला बास्केटबल टोलीले रजत पदक जित्दा मुख्य खेलाडी थिइन् । पुष २८ गते हुने अवार्डका अन्य विधाका मनोनयन भने केही दिनमा सार्वजनिक हुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस ३, २०७७  १३:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC