site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
फिफा ‘दी बेस्ट’को विजेता घोषणा गरिँदै
Sarbottam CementSarbottam Cement

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले फिफा ‘दी बेस्ट’को घोषणा आज (बिहीबार) राति गर्ने भएको छ । फिफाले वर्षको उत्कृष्ट खेलाडीको छिनोफानो आज गर्ने भएको हो । विजेता घोषणा नेपाली समयअनुसार राति ११:४५ मा हुनेछ ।

यो वर्ष फिफा वर्ष खेलाडीको शीर्ष तीनको मनोनयनमा अर्जेन्टिना तथा बार्सिलोनाका कप्तान लियोनल मेस्सी, जर्मन क्लब वायर्न म्युनिखका स्टार खेलाडी रोवेर्टो लेवान्डोस्की र युभेन्ट्सका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो परेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

फिफाले यो वर्ष कोरोना भाइरसको महामारीका कारण बालोन डी’ओर अवार्ड नगर्ने भएको छ । फिफाले वर्षको उत्कृष्ट खेलाडी घोषणा मात्र गर्ने भएको हो ।

विजेता घोषणा भने भर्चुअल माध्यमबाट हुनेछ । वायर्नलाई गएको सिजन च्याम्पियन्स लिगको उपाधि र जर्मन बुन्डेस लिगाको उपाधि दिलाएका लेवान्डोस्की विजेताको मुख्य दाबेदार हुन् ।

Global Ime bank

यता युभेन्ट्सलाई इटालियन सिरी ए फुटबलको उपाधि दिलाएका रोनाल्डोको दाबेदारी पनि त्यति नै छ । लियोनल मेस्सी भने दाबेदारीमा कमजोर छन् । बार्सिलोनालाई उनले गएको सिजन कुनै पनि उपाधि दिलाउन सकेका थिएनन् । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस २, २०७७  १३:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC