site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
‘एयरइन्डिया’को स्वामित्व कर्मचारीलाई दिने तयारी
Sarbottam CementSarbottam Cement

बीबीसी । भारतको राष्ट्रिय वाहक, एयरइन्डिया लगातार घाटामा गएपछि यसको विक्रीका लागि विभिन्न तरिकाले बोली लगाइएको छ । जसमा कर्मचारीहरुको तर्फबाट पनि प्रतिनिधि समावेश छन् ।  

भारत सरकारले २०१८ मा पनि यसको विक्रीको प्रयास गरेको थियो । तर, एकजना खरिदकर्तालाई पनि आकर्षित गर्न सकेको थिएन । अहिले कर्मचारीहरुको प्रतिनिधित्व गर्ने एउटा समूहले यो संघर्षरत एयरलाइन्समा उनीहरुको अधिकतम नियन्त्रणयुक्त शेयर प्रस्ताव गर्ने योजना बनाइरहेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

त्यस्तै यसमा बोली लगाउने अर्को समूह टाटा ग्रुप छ । प्रधानमन्त्री नरेन्द्र मोदीले पनि यो एयरलाइन्सको विक्रीबारे धेरैपटक चर्चा गरिसकेका छन् । जसले अरबौँ ऋणमा पारिरहेको बताइएको छ । यो एयरल्यान्ससँग सम्पति स्वरुप लन्डनको हिथ्रो विमानस्थलमा पुरस्कृत स्लट सहित १०० भन्दा धेरै विमान र हजारौँ प्रशिक्षित पाइलट अनि चालक दल पनि रहेका छन् । 

यो साता यस सम्बन्धी प्रस्ताव गरिएको योजना अन्र्तगत अमेरिकामा आधारित लगानी फर्म इन्टरअप्सले यसको ४९ प्रतिशत शेयर लिने जनाएको छ भने बाँकी ५१ प्रतिशतको ‘कन्ट्रोलिङ स्टेक’ कर्मचारीहरुले राख्ने बताइएको छ । 

Global Ime bank

इन्टरअप्सका अध्यक्ष लक्ष्मी प्रसादले बीबीसीसँग भनेका छन्, “हामीले एयर इन्डियाका कर्मचारीहरु समक्ष खुला प्रस्ताव राखेका छौँ, जसले उनीहरुलाई यसको स्वामित्व दिलाउनेछ । यसमा हाम्रो समूहले नै एयरलाइन्सका लागि सबै आवश्यक लगानी बेहोर्नेछ र कर्मचारीहरुले यसमा कुनै आर्थिक योगदान पुर्याउनुपर्ने छैन ।” 

उनीहरु नै यो एयरलाइन्सको मेरुदण्ड भएकाले पनि एयरल्यान्स सञ्चालनमा पुर्याउने योगदान वापद् ५१ प्रतिशत शेयर दिन लागिएको उनले बताएका छन् । उनले थप भनेका छन्, “एयर इन्डियालाई यसका कर्मचारी र व्यवस्थापकले नै सबैभन्दा राम्ररी चिनेका छन् ।”

एयर इन्डिया खरिद गर्ने नयाँ समुहले यसको प्रविधि र उपभोक्ता सेवा सञ्चालनको सुधारमा भने ठूलो लगानी गर्नुपर्ने हुन्छ । तरपनि भारत बढ्दो बजार भएकाले यसले ठूलो सम्भाव्यता बोकेको हुँदा यसलाई निजी कम्पनीका रुपमा सञ्चालन गर्दा यसको प्रस्तुतीमा सुधार आउन सक्ने अपेक्षा रहेको एयर इन्डियाका पूर्व कार्यकारी अध्यक्ष जितेन्द्र भार्गव बताउँछन् । भारत सरकारले जनवरी २०२१ मा योग्य बोली लगाउनेहरुबारे आधिकारिक जानकारी दिने अपेक्षा गरिएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस २, २०७७  ०८:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC