site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
सेल्फ प्रशिक्षणले दिलाएको सफलता
Sarbottam CementSarbottam Cement

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण नेपाली खेल क्षेत्र लामो समयसम्म ठप्प भयो । एकाध खेलका प्रशिक्षण केही समय भए पनि राष्ट्रिय क्रिकेट टोली करिब नौ महिनापछि मैदान फर्कियो । नेपाली क्रिकेट नौ महिनापछि मैदान फर्कंदा टोलीका खेलाडीहरुका लागि भने नतिजा सकारात्मक रह्‍यो । खेलाडीहरुले लकडाउनको अवधिमा आफूलाई सेल्फ प्रशिक्षणमा व्यस्त बनाए ।

त्यही प्रशिक्षणको नतिजा केही खेलाडीलाई खेल प्रदर्शनका हिसाबले सफल बन्यो । नेपाली खेलाडीहरु करिब ९ महिनापछि गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानमै रहेको नमुना मैदानमा त्रिकोणात्मक सिरिज खेले । सिरिजमा नेपाली खेलाडीहरुको प्रदर्शन सम्झनलायक पनि बन्यो । उनीहरुको प्रदर्शन नौ महिनाअघिको भन्दा पनि राम्रो देखियो । त्यसमध्येका एक खेलाडी हुन् नेपाली राष्ट्रिय टोलीका बलर अविनाश बोहोरा ।

अविनाश गौतम बुद्ध कप क्रिकेटको त्रिकोणात्मक सिरिजअन्तर्गत दुई खेलमा ‘प्लेअर अफ दी म्याच’ चुनिए । उनी सिरिजको ‘प्लेअर अफ दी सिरिज पनि चुनिए’ नौ महिनापछि मैदान फर्कंदा जस्तो खालको अपेक्षा अरुले उनीबाट लिएका थिए उनको प्रदर्शन त्योभन्दा पनि राम्रो भयो । प्रतियोगिताको पहिलो खेलमा अविनाशले वाग्मतीविरुद्ध दुई विकेट लिन सफल भएका थिए । उक्त खेलमा राप्ती हारनजिक भएको अवस्थामा अविनाशले एकै ओभरमा दुई विकेट लिँदा राप्तीले जित निकाल्न सफल भएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

टिमलाई जित दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका अविनाश उक्त खेलमा ‘प्लेअर अफ दी म्याच’ पनि चुनिए । पहिलो खेलमै सफलता हात पर्दा अविनाशको खेल्ने लय झनै उच्च बन्दै गयो । नारायणीविरुद्धको दोस्रो खेलमा अविनाशले तीन विकेट लिन सफल भए । सफल बलरका रुपमा रहेका अविनाशले दोस्रो खेलमा पनि आफूलाई उत्कृष्ट साबित गरे । उक्त खेलमा राप्तीले नारायणीविरुद्ध सहज जित हात पार्न सफल भयो ।

अविनाशले फाइनल खेलमा पनि आफ्नो जादुमय प्रदर्शनलाई कायम राखे । उनले नारायणीविरुद्धको फाइनल खेलमा तीन विकेट लिन सफल भए । उनी फाइनल खेलमा पनि ‘प्लेअर आफ दी म्याच’ चुनिए । अविनाशले प्रतियोगिताका तीन खेलमा आठ विकेट हात पारे । उनी  ‘प्लेअर अफ दी सिरिज’ पनि चुनिए । लकडाउनको समय आफूले गरेको सेल्फ प्रशिक्षणले पनि प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्न सहज भएको बताए ।

Global Ime bank

“लकडाउनमा मैले गरेको सेल्फ प्रशिक्षणले सिरिजमा खेल्ने राम्रो माहोल बनायो । बन्द प्रशिक्षणको केही दिन पनि राम्रो भएको थियो । समग्रमा मेरा लागि यो सिरिज सफल भयो । यसले गर्दा अब आउने खेलमा मलाई झनै राम्रो खेल्ने ऊर्जा दिलाउँछ,” अविनाशले बाह्रखरीसँगको कुराकानीमा भने ।

अविनाश हाल राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा छन् । उनी राष्ट्रिय टोलीका लागि पनि आगामी खेलमा उत्कृष्ट प्रदर्शन गर्ने योजनामा छन् । घरेलु प्रतियोगितामा आफूलाई अब्बल बनाएका अविनाश राष्ट्रिय टोलीमा पनि बेग्लै पहिचान बनाउन सफल छन् ।

 

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस २, २०७७  ०५:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC