site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
चलचित्र संघ गिरफ्तारी दिन तयार, हल १० गते खोल्ने
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरकारले सिनेमा हल खोल्ने निर्णय नगरे पनि पुस १० गतेबाट सिनेमा हल खोल्ने पूर्व निर्णयबाट आफूहरु पछि नहट्ने चलचित्र संघले जनाएको छ । अधिकांश पेसा तथा व्यवसाय खुलिसक्दा पनि सिनेमा हल खोल्ने अनुमति नदिएको भन्दै नेपाल चलचित्र संघले पुस १० गतेबाट सिनेमा हल खोल्ने घोषणा गरिसकेको छ ।

“हामी अब कुनै पनि हालतमा आफ्नो निर्णयबाट पछि हट्दैनौं । हामीले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका हल खोल्न सर्कुलर गरिसक्यौं,” चलचित्र संघका अध्यक्ष मधुसूदन प्रधान भन्छन्, “हामीले घर बसेका स्टाफ बोलाइसक्यौं । बुधबारबाट सफाइ पनि सुरु गरिसक्यौं । सर्भर र सफ्टवेयर सञ्चालनका लागि तयारी भइसक्यो । अब पछि हट्ने कुरै छैन ।” 
सिनेमा प्रदर्शनका लागि वितरकहरुसँग पनि कुरा भइसकेको उनको भनाइ छ ।

“पार्टी प्यालेस, जिम खाना, ब्युटी पार्लर, सैलुनहरु खुलिसके तर सरकारले निर्णय गरेको छैन । तैं चुप मैं चुप गरेर आफ्नो व्यवसाय सञ्चालन गरिरहेका छन्,” अध्यक्ष प्रधान भन्छन्, “हामीले हाम्रो गन्तव्य तय गरिसक्यौं । जसरी हुन्छ १० गते हल खोल्ने हो । गिरफ्तारी दिनु परे पनि दिने हो । पक्रिएर लैजान्छ भने ठीक छ, जेल बस्ने हो ।”

Prabhu Bank
Agni Group
NIC Asia

पर्याप्त सुरक्षा सावधानी अपनाएर ५० प्रतिशत अकुपेन्सीमा सिनेमा हल खोल्छुभन्दा पनि नदिनु चलचित्रकर्मीमाथिको अन्यायको पराकाष्ठा भएको उनको बुझाइ छ ।

“भारतमा सिनेमा हल खुलेपछि कोरोना संक्रणको जोखिम कति छ भनेर गरेको अध्ययनले अन्य क्षेत्रभन्दा सुरक्षित रहेको निष्कर्ष आएको मैले पढेको छु । भलै त्यो आधिकारिक डकुमेन्ट मसँग छैन,” उनी भन्छन्, “तर यहाँ आजसम्म नखोलिएको क्षेत्र यही मात्रै हो । सुपर मार्केटमा पाइला टेक्ने ठाउँ छैन । बजारमा भिड छ । हामी त डाक्टर राख्छौं । डिसइन्फेक्ट गर्छौं । मास्क र स्यानिटाइजरको व्यवस्था गर्छौं । एकपटकमा १० जना मात्रै प्रवेश गराएर उनीहरुलाई सिटमा बसाएर मात्रै अरुलाई प्रवेश गराउँछौं । त्यस्तै पर्‍यो भने एक सो मात्रै चलाउँछौं ।”

Global Ime bank

तत्काललाई पैसा कमाउनेभन्दा पनि ‘वार्म अप’का लागि मात्रै हल चलाउन लागेको उनले स्पष्ट पारे । सिनेमा हलमा संक्रमणको त्रास छैन भन्ने प्रमाणित भएपछि मात्रै पहिलाकै अवस्थामा हल चलाउने उनको भनाइ छ ।

सुरुमा चैतको पहिलो साता सिनेमा हल बन्द हुँदा हलमा चलिरहेका सिनेमा प्रदर्शन गर्ने विषयमा छलफल चलिरहेको अध्यक्ष प्रधानको भनाइ छ । उक्त समय नेपाली चलचित्र ‘आमा’ र ‘सेन्टी भाइरस’ प्रदर्शनरत थिए । यसका अलावा चलचित्र विकास बोर्डले डिजिटलाइज गरेका पुराना क्लासिक सिनेमाहरु देखाउनेबारे सल्लाह भइरहेको पनि उनले जानकारी दिए । 

देशभरका करिब २०० सिनेमा हल बन्द हुँदा हालसम्म दुई अर्बभन्दा धेरै रकम हलहरुले मात्रै घाटा बेहोर्नुपरिरहेको उनको दाबी छ ।

चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का १० गतेसम्म हल खोल्ने निर्णय सरकारबाट नभए झडपको अवस्था आउन सक्नेभन्दै यसतर्फ दुवै पक्ष सचेत हुनुपर्नेमा जोड दिन्छन् । उनी सरकारले चलचित्रकर्मीलाई अन्याय गरेको जस्तो र चलचित्रकर्मीहरुले पनि सरकारलाई असहयोग गरेको जस्तो वातावरण सिर्जना नहुनेतर्फ सबै पक्षले ध्यान दिनुपर्ने बताउँछन् ।
  
चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल विभागीय मन्त्रालयले मन्त्रिपरिषद्‌मा गत बुधबार नै प्रस्ताव लगेकाले १० गतेभन्दा अगाडि नै सिनेमा हल खोल्ने निर्णय सरकारले गर्नेका आफू विश्वस्त रहेको बताउँछन् । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस १, २०७७  १६:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC