खेल
काठमाडौं । म्यानचेस्टर सिटीले प्रिमियर लिग फुटबलमा बराबरी खेलेको छ । मंगलबार राति भएको खेलमा सिटीले वेस्ट ब्रुमसँग १-१ गोलको बराबरी खेलेको हो ।
घरेलु मेदानमा भएको खेलमा सिटीले बराबरी खेल्दै अंक बाँड्नु परेको हो । सिटीका लागि इल्के गुन्डोगनले गोल गर्दै टिमलाई अग्रता दिलाए ।
तर ४३औं मिनेटमा सिटीका लागि आत्मघाती गोल घातक बन्यो । ४३औं मिनेटमा रुविन डीएसले आत्मघाती गोल गर्दा सिटी वेस्ट ब्रुमसँग १-१ गोलको बराबरीमा रोकिएको हो । बराबरीसँगै सिटीले १२ खेलबाट २० अंक जोडेको छ । वेस्ट ब्रुम ७ अंकसहित रेलिगेसन जोनमा छ ।
प्रकाशित मिति: बुधबार, पुस १, २०७७ १०:३९
प्रतिक्रिया दिनुहोस्