site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
रियलको जितमा बेन्जिमाको दुई गोल
Sarbottam CementSarbottam Cement

काठमाडौं । करिम बेन्जिमाको दुई गोलको सहयोगमा रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा सहज जित निकालेको छ । मंगलबार राति भएको खेलमा रियलले एथ्लेटिक बिल्बाओसँग ३-१ गोलको जित निकाल्न सफल भएको हो ।

घरेलु मैदानमा भएको खेलमा रियललाई जित दिलाउन बेन्जिमाले दुई गोल गरे । त्यस्तै टोनी क्रुसले एक गोल गरे । उता बिल्बाओका लागि आन्द्रे कापाले एक गोल गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

पहिलो हाफको इन्ज्युरी समयमा टोनी क्रसले गोल गर्दै रियललाई अग्रता दिलाए । पहिलो हाफमा १-० गोलको अग्रता बनाएको रियलले दोस्रो हाफमा थप दुई गोल गर्न सफल भएको हो ।

५२औं मिनेटमा आन्द्रेले बिल्बाओका लागि बराबरी गोल फर्काए । ७४औं बेन्जिमाले गोल गर्दै टिमको अग्रता २-१ गोलमा ल्याए । खेलको इन्ज्युरी समयमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ३-१ गोलको जित दिलाए ।

Global Ime bank

जितसँगै रियलले लिगमा १३ खेलबाट २६ अंक जोडेको छ । पराजित बिल्बाओ १४ अंकसहित तालिकाको १३औं स्थानमा छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस १, २०७७  १०:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC