site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
न्युजिल्यान्ड र अष्ट्रेलियाबीच आवत्जावत् गर्दा क्वारेन्टिनमा बस्नु नपर्ने भ्रमण नीति ल्याइँदै
Sarbottam CementSarbottam Cement

बीबीसी । न्युजिल्यान्डले अष्ट्रेलियासँग क्वारेन्टिनमुक्त ‘ट्राभल बबल’ को भ्रमण नीति स्थापित गर्न सहमति जनाएको छ । प्रधानमन्त्री ज्याकिन्डा एडर्नले २०२१ को सुरुतिरदेखि नै दुवै देशमा पर्यटकहरुलाई क्वारेन्टिनमा नबसी आवत्जावत् गर्न दिन सकिने बताएकी हुन् । तर त्यसका लागि दुवै देशको कोरोना संक्रमण अवस्था अहिलेकै जस्तो रहनुपर्ने हुन्छ ।

न्युजिल्यान्डबाट आउनेहरुलाई गत अक्टोबरदेखि नै प्रायः अष्ट्रेलियन स्टेटहरुमा बिना क्वारेन्टिन प्रवेश गर्न अनुमति दिइराखिएको थियो । तर यसमा न्युजिल्यान्ड फर्किसकेपछि भने उनीहरुले १४ दिनसम्म अनिवार्य होम–आइसोलेसनमा बस्नुपर्ने हुन्छ र केही अपवाद बाहेक अष्ट्रेलियाबाट न्युजिल्यान्ड प्रवेशमा चाहिँ अनुमति दिइएको थिएन जसले यसलाई एक पक्षीय बनाइदिएको थियो । यस्तोमा यो नयाँ ट्राभल बबल जारी भएमा अब चाहिँ दुवै देशवासीहरुले स्वतन्त्र आवत्जावत् गर्न पाउनेछन् । 

Prabhu Bank
Agni Group
NIC Asia

एडर्नले यो कहिलेदेखि लागू हुनेछ भन्ने निश्चित मिति तोकेकी छैनन् र पूर्ण सहमतिका लागि अष्ट्रेलियाको सरकारले पनि सम्झौतामा हस्ताक्षर गर्नुपर्ने हुन्छ । अष्ट्रेलियाका केही भूभागमा बाहेक यी दुवै देशमा पछिल्ला केही महिना संक्रमण दर एकदम कम छ ।  गत जूनमा भाइरसमुक्त भएको घोषणा गर्ने न्युजिल्यान्ड पहिलो मुलुक थियो जहाँ पूर्ण सिमाना बन्द र कडा लकडाउन पश्चात् संक्रमितको सङ्ख्या शून्य पुगेको थियो । त्यसपछिदेखि त्यहाँ थोरै सङ्ख्यामा केही बिरामीहरु मात्र भेटिएका छन् । 

यस्तै किसिमको ट्राभल बबलबारे यसअघि सिंगापुर र हङकङले पनि छलफल गरेका थिए तर अचानक संक्रमण दर वृद्धि भएपछि अहिले यो विषय स्थगित गरिएको छ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस १, २०७७  ०५:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC