विदेश
काठमाडौं । हिन्दी चलिचत्रका प्रख्यात अभिनेता साहरुख खानलाई अमेरिकाको लस एन्जल्स विमानस्थलमा अध्यागमन अधिकारीहरूले थुनछेक र केरकार गरेका छन् । इन्डिया टुडेले शुकवार जनाएअनुसार खानले यसपटक पनि आफूलाई अमेरिकी अध्यागमनले केरकार गरेकोमा आक्रोश प्रकट गर्दै ट्विट गरेका छन् । खान बिहीवार साँझ छोरी सुहानासँगै अमेरिकाका लागि उडेका थिए ।
अमेरिकाका दक्षिण र मध्य एसियासम्बन्धी विदेश उपमन्त्री निशा विश्वालले कहिलेकहीँ अमेरिकी कूटनयिकसमेत थप केरकार भोग्नुपर्ने जानकारी दिँदै खानले दुःख पाएकोमा ट्विटरमार्फतै क्षमा याचना गरेकी छन्
यसअघि अमेरिका जाँदा सन् २००९ मा न्यु जर्सी र २०१२ मा न्यु योर्क विमास्थलमा पनि उनलाई अध्यागमन अधिकारीले थप केरकार गरेकोमा खैलाबैला मच्चिएको थियो ।
प्रकाशित मिति: शुक्रबार, साउन २८, २०७३ १०:४२
प्रतिक्रिया दिनुहोस्