site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
पेरुमा ट्रायल स्थगित गरिएको चिनियाँ खोप बहराइनमा स्वीकृत 
Sarbottam CementSarbottam Cement

सीएनएन । चिनियाँ राष्ट्रिय फर्मा कम्पनी, साइनोफ्रामले निर्माण गरेको कोभिड विरुद्धको खोपलाई बहराइनले स्वीकृत गरेको छ । नागरिकहरुलाई यो खोप लिनका लागि अनलाइन आवेदन पनि खुलाइसकेको छ । 

पेरु सरकारले चाहिँ शनिबार यही कम्पनीको खोप ट्रायलमा समस्या देखिएको बताउँदै स्थागित गरिएको खबर गरेको थियो । उता बहराइनको राष्ट्रिय स्वास्थ्य निरीक्षण निकायले आइतबार यसबारे आधिकारिक जानकारी दिएको हो । तर यसमा साइनोफ्रामले विकास गरेको दुईवटा मध्ये कुन खोप स्वीकृत भएको भन्ने स्पष्ट बताएको छैन । निकायका अनुसार तेस्रो चरणको क्लिनिकल ट्रायलबाट प्राप्त डाटामा सो खोप ८६ प्रतिशत प्रभावकारी रहेको देखिएपछि यस्तो निर्णय गरिएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

बहराइनको अर्थ मन्त्रालयले अहिले १८ वर्षभन्दा माथिको उमेरका जोकोहीले पनि निःशुल्क खोप प्राप्त गर्न अनलाइनमार्फत आवेदन दिन सक्ने बताएको छ । 

यसै महिना यूएईले पनि तेस्रो चरणको क्लिनिकल ट्रायलको अन्तरिम विश्लेषणपछि साइनोफ्रामकै एक युनिट, ‘बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रडक्ट’ ले निर्माण गरेको खोपको डाटाबारे यस्तै घोषणा गरेको थियो । यूएईले यो खोपको तेस्रो चरणको ट्रायल जुलाइमा सुरु गरेको थियो जसलाई पछि बहराइन, जोर्डन अनि इजिप्टमा पनि विस्तार गरिएको हो ।

Global Ime bank

साइनोफ्रामले भने यससम्बन्धी अहिलेसम्म कुनै बयान दिएको छैन । अघिल्लो महिना नै बहराइनले अमेरिकाको फाइजर खोपलाई पनि आपत्कालीन प्रयोगका लागि स्वीकृति दिएको थियो । 

अर्कातर्फ पेरुले साइनोफ्रामको खोप ट्रायलका क्रममा एक सहभागीमा गम्भीर असर देखापरेको बताउँदै परीक्षण स्थागित गराएको छ । पेरु सरकारले शनिबार यसबारे आधिकारिक जानकारी दिएको हो । तर बहराइनले योभन्दा अगाडि नै फ्रन्टलाइनका प्रोफेसनलहरुमा आपत्कालीन प्रयोगका लागि यो खोपलाई स्वीकृत गरेको थियो ।

पेरुको स्वास्थ्य मन्त्रालयले घटना खोपसँग सम्बन्धित छ/छैन भन्ने निर्धारण गर्न यसबारे अनुसन्धान भइरहेको बताएको छ । साइनोफ्रामले पेरुमा १२ हजार स्वयंसेवकसहित सञ्चालन गरिरहेको यो ट्रायलको पहिलो चरण सम्पन्न हुन लागेको थियो । स्थानीय ‘कायेतानो हेरेदिया युनिभर्सिटी’ मा यसै अध्ययनसँग सम्बन्धित अनुसन्धानकर्ता जर्मन मलगका अनुसार स्वयंसेवकहरुमा एक सहभागीले खोपका अन्य सामान्य लक्षणबाहेक खुट्टा अत्यन्त कमजोर भएको पनि महसुस गरेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस १, २०७७  ०५:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC