site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
अध्यादेश ल्याए तर संवैधानिक परिषदबाट कुनै निर्णय गर्न सकेनन् !
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संवैधानिक परिषद्को बैठकमा पार्टीभित्र देखिएको विवादको छाया देखा पर्‍यो । सभामुख अग्नि सापकोटा बैठकमा नगएपछि प्रधानमन्त्री ओलीले अध्यक्षसहित तत्काल कायम रहेको सदस्य संख्याको बहुमतका आधारमा निर्णय गर्न सक्ने व्यवस्था ल्याएर मंगलबार बेलुका नै संवैधानिक परिषद्को बैठक राखे ।

सरकारले सिफारिस गरेको अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालै जारी गरिदिएपछि त्यसको तरंग नेकपाभित्रमात्रै नभएर अन्य राजनीतिक दलभित्र पनि देखियो । नेकपाका बहुमत सचिवालय सदस्य, प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसदेखि संसदमा रहेका राजनीतिक दलका नेताहरुले समेत चर्को विरोध गरे ।
बहुमत सचिवालय सदस्यले बुधबार बस्ने स्थायी कमिटी बैठकमा यसबारेमा जानकारी लिने निष्कर्ष पनि निकाले ।

Prabhu Bank
Agni Group
NIC Asia

उच्च स्रोतका अनुसार त्यतिमात्रै नभएर ओलीले आफ्नो गुटका सबै नेताहरुसँग समेत यसबारेमा छलफल गरेका थिएनन् । संसदीय दलका उपनेता सुवास नेम्वाङले पनि तत्काल कुनै अध्यादेश आउने सम्भावना नरहेको बताइरहेका थिए ।

तर त्यसको केहीबेरमा राष्ट्रपतिबाट अध्यादेश जारी भएको थियो । बेलुका प्रधानमन्त्री तथा संवैधानिक परिषद्का अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा बैठक  बसे पनि कुनै निर्णय भने नगरेको बालुवाटार स्रोतले जानकारी गराएको छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर ३०, २०७७  १९:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC