site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

नारायणगढ—मुगलिङ सडक धेरै खुल्छ कि बन्द हुन्छ छुट्ट्याउने कठिन भइसकेको छ । सडक विस्तार गर्ने भनेर केही वर्ष पहिले थालिएको खन्ने खोस्रने कामपछि त हिउँदमा पनि यस खण्डमा यात्रा सहज हुँदैन । पछिल्ला केही दिन त यो सडक पहिरोका बन्द प्रायः रहेको छ । पहिरोका कारण बन्द भएकाले झट्ट हेर्दा प्राकृतिक प्रकोप लागे पनि मूलतः मुगलिङ नारायणगढ खण्डको दुर्दशा मानव निर्मितै हो । यसरी अवरुद्ध हुन थालेपछि सडकको भौगर्भिक अवस्था, डिजाइन, भारवहन क्षमता र विस्तारमा क्रममा अपनाइएको प्रविधि एवं ठेकेदारको काम गराइ सबैको पुनः समीक्षा गर्नुपर्ने थियो । तर, सरकार कहिल्यै समस्याको गहिराइमा जान अग्रसर भएन । यस्तै उदासीनता सरकारले सडक अवरुद्ध हुँदा अलपत्र परेका यात्रुहरूको हेरचाहका लागि पनि सरकारले देखाउँदै रहेको छ ।   
पछिल्लोपटक नारायणगढ — मुगलिङ सडक करिब २ दिनदेखि अवरुद्ध भएको छ । कालीखोलाकोे पहिरोमा परेर एक जना यात्रु त्रिशुली नदी खसेर बेपत्ता भए । लामो समयदेखि आवागमन रोकिएकाले हजारौं यात्रुहरूको बिचल्ली परेका छन् । त्यस्ता यात्रुमा बालबालिका र बूढापाका पनि छन् । समाचारअनुसार पहिरोमा जन्ती रोकिएपछि बिहाको लगन नै सारिएको छ । पैसा हुनेहरू फर्केर अरू बाटो लागेका र साथमा नगद नभएकाहरू त्यहीँ सास्ती काटेर भोकै बसेका छन् । सडकमा पानीको अभाव त नहोला तर फोहोर पानीका कारण यात्रुहरू बिरामी हुनसक्छन् । बालबालिका र बृद्धहरू बिरामी हुने बढी डर हुन्छ । दुर्भाग्य, सरकारले नारायणगढमा सवारी साधन रोक्ने र पहिरो पन्छाउन डोजर चलाउनेबाहेक यात्रुहरूलाई सहयोग गर्ने कुनै उपाय भने अपनाएको समाचार छैन । यो निश्चय पनि दुःखद र आपत्तिजनक स्थिति हो ।
यो सडकको दुर्दशा नयाँ हैन । र, यस्तो अवस्था अनपेक्षित पनि पक्कै थिएन । अहिले पहिरो पन्छाए पनि जुनसुकै बेला पहिरो जानसक्छ । त्यस्तो पहिरो अहिलेको भन्दा ठूलो पनि हुनसक्छ । र यात्रुहरूको झन् धेरै बिचल्ली हुनसक्छ । यसैले बिरामी वा अशक्त र बालबालिकाप्रतिको राज्यको दायित्व बोध गरेर उनीहरू लामो समय त्यस्तो अवस्थामा फसेमा उद्धार र सहयोगको व्यवस्था पनि गर्नुपर्ने रहेछ भन्ने सरकारले बुझ्नु जरुरी देखियो । प्राथमिक उपचारका लागि नजिकको स्वास्थ्य संस्थाबाट टोली खटाउनेदेखि खानेकुरा र पानीका साथै चर्पीको व्यवस्था पनि मिलाउनु पर्नेरहेछ । प्राकृतिक प्रकोप माने पनि नमाने पनि राज्यकै कारण ती यात्रुहरूको बिचल्ली भएको हो । अझै लामो समयसम्म यो सडक जोखिमपूर्ण रहने डर छँदैछ । यसैले सरकारले कम्तीमा पनि बिचल्ली परेका बालबालिका, बूढापाका, अशक्तको उद्धार र मानवीय सहायता गर्नुपर्ने कर्तव्य पूरा गर्नुपर्छ । सरकारी उदासीनताका कारण कसैको ज्यान जाने दुःखद अवस्था उत्पन्न भयो भने त्यो क्षम्य हुनेछैन । नेपाल रेडक्रस सोसाइटीले पनि सडकमा हुने यस्ता प्रकोपमा आवश्यक मानवीय सहयोग गर्ने नीति अपनाउनु पर्ने देखिन्छ । सडक यात्राको बिमा गरेर पनि यात्रुलाई आकस्मिक सहयोग सुनिश्चत गर्न सकिन्छ । खाँचो सरकारी अधिकारीहरूको मानवीय संवेदनशीलता र अग्रसरताको छ ।   

 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार १७, २०७४  १९:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC