site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
किसानको आन्दोलनप्रति उद्योग मन्त्रालयको ठाडो जवाफ– जिप्रकामा उजुरी नदिने, काठमाडौंमा आएर आन्दोलन गर्ने ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उखु किसानलाई आन्दोलन काठमाडौंमा नभइ सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा गएर उजुरी गर्न भनेको छ । गतवर्षको पुस १८ गते आन्दोलनरत किसानसँग पाँचबुँदे सहमति गरेको मन्त्रालयले उखु किसानको पैसा आफूले दिन नसक्ने भन्दै कानुनी उपचार खोज्न आग्रह गरेको हो । 

उद्योग मन्त्रालयका प्रवक्ता डा. नारायणप्रसाद रेग्मीले भने, “कसैको सामान लिएर पैसा दिएन भने जिल्ला प्रशासनमा प्रमाणसहित गएर उजुरी दिनुपर्‍यो । त्यहाँ जिल्ला प्रशासन कार्यालय छ, प्रहरी प्रशासन छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

यतिका वर्ष पैसा पाएका छैनन् किसानले अब पैसा लिन प्रशासनमा उजुरी गर्न जाऊँ भन्न मिल्छ र ? भन्ने प्रश्नमा उनले भने, “तपाईँलाई कानुन थाहा छैन ? गर्ने त्यही हो त । उनीहरुले उहिल्यै गर्नुपर्दथ्यो । मन्त्रालयले दिने होइन नि पैसा ! उनीहरुले प्रशासनमा गएर उजुरी दिए भैगो । पैसा नदिने उद्योगीलाई सम्बन्धित प्रशासनले थुन्छ अनि पैसा भराउँछ ।”

त्यसो हो भने किन गतवर्ष सहमति गराउनुभएको त किसानसँग ? भन्ने प्रश्नमा उनको जवाफ थियो, “हामीले गतवर्ष नै त्यही भनेको हो । उनीहरुले गर्नुपर्ने त्यही हो । यो त उद्योगी र किसानसँग सम्बन्धित कुरा भयो नि  । उनीहरुबीचको कुरा हामीले सहजीकरण गर्नेमात्रै हो ।”
 
प्रवक्ता रेग्मीले सोमबार चिनी उद्योगीसँग मन्त्रालयले छलफल गरेको र उनीहरुले पैसा दिइरहेको र दिने बताएको पनि जानकारी गराए ।

Global Ime bank

“आजको छलफलमा चिनी उद्योगीहरुले हामीले पैसा तिरिरहेका छौँ, तिर्छौँ भने । मन्त्रालयले निर्देशन गतवर्ष पनि दिएको हो, अहिले पनि छिटो पैसा तिर भनेर निर्देशन दियौँ,” उनको ठाडो जवाफ थियो । उनले पत्रकारहरुसँग पनि आक्रोश पोख्दै भने, “तपाईँ पत्रकारहरुले के बुझ्नुपर्‍यो भने उद्योग मन्त्रालय पैसा भराउने मन्त्रालय होइन । उद्योगहरु मन्त्रालय अन्तर्गत भएकाले हामीले सहजीकरण गरेको हो ।” 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २९, २०७७  १६:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC