site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
गौतमबुद्ध कप : कुशल भुर्तेलको अर्धशतकमा नारायणीविरुद्ध राप्तीको रोमाञ्चक जित  
Sarbottam CementSarbottam Cement

काठमाडौं । चितवनमा जारी गौतमबुद्ध कप क्रिकेटमा टिम राप्तीले रोमाञ्चक जित निकालेको छ । सोमबार भएको खेलमा राप्तीले टिम नारायणीलाई एक विकेटले हराएको हो । 

चितवनस्थित गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट मैदानको हाता भित्र रहेको नमुना मैदानमा नारायणीले दिएको १३९ रनको लक्ष्य पछएको राप्तीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रन पूरा गरेको हो ।  राप्तीका लागि  कुशल भुर्तेलले अर्धशतकीय पारी खेले ४१ बल खेलेका उनले ४ चौका र ६ छक्काको सहयोगमा ६५ रन बनाउँन सफल भएका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

त्यस्तै कमल सिंहले २३ रन बनाउँदा आरिफ शेख १४ तथा सुमित महर्जनले १२ रनको योगदान गरे ।  बलिङतर्फ नारायणीका लागि करण केसीले सर्वाधिक तीन विकेट लिए । त्यस्तै किसोर महत्व र सुसन भारीले समान दुई–दुई विकेट लिन सफल भए ।  त्यस्तै दिपेश श्रेष्ठ र साहव आलमले समान एक–एक विकेट लिए । 
यसअघि टस जितेर पहिले व्याटिङ गरेको नारायणीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३८ रन बनाएको थियो ।  

नारायणीका लागि किशोर महत्वले सर्वाधिक ३६ रनको योगदान गरे । त्यस्तै करण केसीले ३२ रन बनाउँदा सुसन भारीले १८ रन तथा रित गौतमले १३ रन बनाए ।  बलिङतर्फ राप्तीका लागि अविनास बोहोराले सर्वाधिक तीन विकेट लिए । त्यस्तै सुर्य तामाङले दुई विकेट लिए । राप्तीका लागि जितेन्द्र मुखिया, भुवन कार्की र कमल सिंहले समान एक–एक विकेट लिए । 

Global Ime bank

अब दुई टोलीबीचको फाइनल खेल भोलि (मंगलबार) हुनेछ ।  
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २९, २०७७  १५:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC