खेल
काठमाडौं । जर्मन क्लब बोरुसिया डर्टमण्डले मुख्य प्रशिक्षक लुसियन फेवरेलाई बर्खास्त गरेको छ । जर्मन बुन्डेस लिग फुटबलको उपाधि दावेदार मानिएको डर्टमण्डले मुख्य प्रशिक्षक बर्खास्त गरेको हो ।
घरेलु मैदानमा स्टटगार्टसँग ५–१ को लज्जास्पद हार व्यहारेपछि क्लबले मुख्य प्रशिक्षकलाई बर्खास्त गरेको हो । जर्मन क्लबले आइतबार मुख्य प्रशिक्षकलाई बर्खास्त गरेको बताएको हो ।
फेवरेका अघिल्ला सहायक प्रशिक्षक इडिन टेरजिकले वाइडन ब्रेमेनविरुद्धको खेलमा डर्टमण्डको नेतृत्व गर्नेछन् । बुन्डेसलिगा क्लब तालिकाको छैटौं स्थानमा छ । उसले लिगका सुरुवाती ११ खेलबाट १९ अंक जोडेको छ ।
प्रकाशित मिति: सोमबार, मंसिर २९, २०७७ ०६:५८
प्रतिक्रिया दिनुहोस्