site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
गौतमबुद्ध कप : ज्ञानेन्द्रको टिम बाहिरियो, फाइनलमा राप्ती र नारायणीबीच प्रतिष्पर्धा हुने 
Sarbottam CementSarbottam Cement

काठमाडौं । चितवनमा जारी गौतमबुद्ध कप क्रिकेट प्रतियोगिताको फाइनलमा टिम राप्ती र नारायणीले खेल्ने भएका छन् ।  आइतबार भएको खेलमा राप्तीले वागमतीलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।  चितवनस्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा वागमतीलाई ११ रनले पराजित गर्दै राप्ती फाइनल प्रवेश गरेको हो ।

यता वागमती लगातार दोस्रो खेलमा पराजित हुँदा प्रतियोगिताबाट बाहिरिएको हो । राप्तीले दिएको १३० रनको मध्यम लक्ष्य पछ्याएको वागमती १९ ओभर ४ बलमा २ अल आउट भएको थियो ।  वागमतीका लागि सोमपाल कामीले सर्वाधिक ३५ रनको योगदान गरे । यस्तै अनिल शाहले २२ रन जोड्दा रोहित पौडेल र ज्ञानेन्द्र मल्लले समान १३–१३ रन बनाउन सफल भए । 

Prabhu Bank
Agni Group
NIC Asia

बलिङतर्फ राप्तीका लागि कमल सिंह ऐरी, अविनास बोहरा र बसन्त कार्कीले समान २–२ विकेट हात पारे । यसअघि पहिले ब्याटिङ गरेको राप्तीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२९ रन बनाएको थियो ।  राप्तीको लागि अमित श्रेष्ठले सर्वाधिक २६ रन बनाए । शरद भेषावकर र कप्तान बिनोद भण्डारीले समान २१–२१ रन बनाउन सफल भए ।  बलिङतर्फ वागमतीका लागि सोमपाल कामी, सगर ढकाल र रशिद खानले समान २–२ विकेट लिए । 

अब फाइनलमा राप्ती र नारायणी भिड्ने छन् ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २८, २०७७  १५:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC