site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
काबुलमा सांसदको सवारी साधनलक्षित विस्फोट, दुईजनाको मृत्यु
Sarbottam CementSarbottam Cement

काबुल । अफगानिस्तानको राजधानी काबुलमा एक सांसदको सवारी साधनलाई लक्ष्यगरी गरिएको बम विस्फोटमा परी कम्तीमा दुई व्यक्तिको मृत्यु हुनुको साथै अन्य दुई घाइते भएका प्रहरीले जानकारी दिएको छ ।  

राजधानीको उत्तर इलाकाको खाइर खान मिना क्षेत्रमा रहेको होटेल इ पर्वान इलाकामा स्थानीय समयानुसार आइतबार बिहान ७ः३० बजे सो विस्फोट भएको थियो । विस्फोटमा परी दुई व्यक्तिको मृत्यु हुनुको साथै अन्य दुई घाइते भएका प्रहरी प्रवक्ताले सिन्हवा समाचार समितिलाई बताएका छन् । सांसद तावफिक वाहदातको सवारी साधनलक्षित सो बम आक्रमण भएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

आक्रमणको समयमा सांसदका भाई सवारी साधनमा सवार रहेका उनी घाइते भएको जनाइएको छ । आक्रमणको बेलामा सांसद आफै भने सो सवारी साधनमा सवार थिएनन् । 

आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा भने लिएको छैन ।  गएको केही वर्षयता करिब ५० लाख जनसंख्या रहेको अफगानिस्तानको राजधानी काबुल तालिबान र इस्लामिक स्टेट्स जस्ता आतङ्ककारी समूहले बारम्बार आतङ्ककारी आक्रमण गर्दै आएका बताइएको छ । रासस/सिन्हवा

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २८, २०७७  १५:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC