site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
अलेप्पो । युद्धग्रस्त सिरियाली सहर अलेप्पोमा मानवीय सहायता सहज बनाउनका लागि हरेक दिन तीन घण्टा आफ्नो कारबाही रोक्ने रसियाली सेनाले बताएको छ । 
सिरियाको अलेप्पो सहरमा विद्रोहीको नियन्त्रणमा रहेको इलाकालाई लक्ष्य गर्दै रसियाली सेनाले हवाई आक्रमण गर्दै आएका छन् । 
विद्रोहीको नियन्त्रणमा रहेका उक्त सहरका चिकित्सकहरूले त्यहाँका २ लाख ५० हजार जनतालाई मानवीय सहायता पठाउनका लागि अमेरिकी राष्ट्रपति बाराका ओबामालाई आह्वान गरेका थिए । 
रसियाली रक्षा मन्त्रालयले बिहीबार नै अलेप्पो सहरमा मानवीय सहायता भित्रिन दिनको लागि प्रयेत्क दिन तीन घण्टाको सैन्य कारबाही रोक्ने जानकारी दिएको छ । 
यद्यपि संयुक्त राष्ट्रसङ्घले यस तीनघण्टे युद्ध विरामको तुरुन्तै प्रतिक्रिया जनाई मानवीय सहयोगको खाँचो रहेका लाखौं व्यक्तिलाई सहायता गर्न तीन घण्टाको समय नपुगेको बताएको छ । 
लाखौँ नागरिकको सहयोगका लागि लगातार ४८ घण्टा सो सैन्य कारबाही रोक्नका लागि संयुक्त राष्ट्रसङ्घले रसियालाई आह्वान गरेको छ । रासस/एएफपी
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २८, २०७३  १०:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC