काठमाडौं । चितवनमा जारी गौतमबुद्ध कप क्रिकेट प्रतियोगिता अन्तर्गत दोस्रो खेलमा राप्ती टिमले बागमती सामु १३० रनको लक्ष्य प्रस्तुत गरेको छ । गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको राप्तीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२९ रन बनाउन सफल भयो ।
राप्तीका लागि अमित श्रेष्ठले सर्वाधिक २६ रन बनाए । ३३ बलको सामना गरेका अमितले २ चौका र छक्का प्रहार गरेका थिए । शरद भेषवाकर र कप्तान बिनोद भण्डारीले समान २१/२१ रन जोडे । वागमतीका सोमपाल कामी, सगर ढकाल, र रशिद खानले समान २/२ विकेट लिए । यस्तै ललित राजबंशी र बिक्रम सोबले १/१ विकेट हात पारे ।
शनिबार भएको पहिलो खेलमा वागमती टिम नारायणीसंग सुपर ओभरमा पराजित भएको थियो । प्रतियोगितामा राप्तीको यो पहिलो खेल हो ।