site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
हारबाट जोगियो वायर्न 
Ghorahi CementGhorahi Cement

काठमाडौं । जर्मम बुन्डेस लिग फुटबलमा साविकको विजेता टोली वायर्न म्युनिखले बराबरी खेलेको छ । शनिबार राति भएको खेलमा वायर्नले युनियोन ब्रेलिनसँग १–१ गोलको बराबरी खेलेको हो । 

युनियोनको घरेलु मैदानमा भएको खेलमा उपाधि दावेदार मानिएको वायर्नसँग बराबरी खेल्दै एक–एक अंक बाडेको हो । 

Agni Group

खेलको चौथो मिनेटमा ग्रिसा प्रोमेलले गोल गर्र्दै टिमलाई अग्रता दिलाए । पहिलो हाफमा १–० गोलको अग्रता बनाएको घरेलु टोलीले आफ्नो अग्रतालाई अन्तिमसम्म कायम राख्न भने सकेन । 

६७ औं मिनेटमा वायर्नका लागि रोवेर्टाे लेवान्डोस्कीले गोल गर्दै टिमलाई हारबाट जोगाए । वायर्नले पछिल्ला दुई खेलमा बराबरी खेलेको छ । 

Global Ime bank

बराबरीसँगै लिगमा ११ खेल खेलेको वायर्नले २४ अंक जोडेको छ । वायर्न अंक तालिकाको शीर्ष स्थानमा छ । यता युनियोन १७ अंकसहित तालिकाको छैटौं स्थानमा छ । 

शनिबार नै भएको अर्काे खेलमा आरबी लाइपजिगले वर्डेरविरुद्ध २–० गोलको जित निकाल्न सफल भएको थियो ।  
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २८, २०७७  ०६:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC