site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

समयले व्यक्तिलाई गल्ती सुधार गर्ने मौका बिरलै दिन्छ । यस्तो मौका राजनीतिक नेताहरूले त झनै कम पाउँछन् । तर, प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख विपक्षी नेता शेरबहादुर देउवाले भने यस्तो मौका पटक पटक पाए । ओली र देउवाले संवैधानिक निकायका रिक्त पदहरूमा नियुक्ति गर्दा विगतको गल्ती र कमजोरी सच्याएर आफ्नो छविका लागेको दाग हटाउने एउटा मौका फेरि पाएका छन् । प्रधानमन्त्री ओलीले भोलि आइतवार बस्ने गरी संवैधानिक परिषद्को बैठक बोलाएका छन् । बैठक बस्नुभन्दा पहिले उनले प्रमुख विपक्षी नेता देउवासँग छलफलसमेत गरे । बैठक बस्नुपूर्व विपक्षी नेतासँग छलफल गर्दा सहमतिमा पुग्न सजिलो हुन्छ । तर, सहमति केका लागि भन्ने प्रश्न भने ओली र देउवा दुवैको नियतको कसी हो । * यसैबीच देउवा आइतवारको बैठकमा उपस्थित नहुने जानकारी दिइएकाे छ । तर, बैठकमा नगएर हैन  निश्चित पारदर्शी विधि र प्रक्रिया अपनाइने सुनिश्चित गराउन सकेमात्र देउवाकाे  अडानको अर्थ हुन्छ ।

प्रधानमन्त्री ओली र पूर्वप्रधानमन्त्री देउवा दुवै आफ्ना कृपापात्रहरूलाई राज्यको ढुकुटी एवं स्रोत बाँड्न विधि, प्रक्रियामात्र हैन लोकलाजको समेत डर नमान्ने पात्रका रूपमा लाञ्छित छन् । अहिले पनि संवैधानिक निकायका रिक्त पदहरूमा आफ्ना भ्रष्ट र नालायक आसेपासे भर्न उनीहरूले सहमति गर्ने सम्भावना उत्तिकै छ । व्यक्तिको पात्रता र व्यावसायिक निष्ठाभन्दा आफूसँगको निकटताका आधारमा पारदर्शी विधि र प्रक्रियाविना व्यक्ति चयन गर्ने सहमति गरियो भने देशले त्यसको दूरगामी प्रतिकूल प्रभाव भोग्नुपर्नेछ । उनीहरू स्वयं पनि इतिहासमा मौका पाउँदा समेत देशको भलो नगर्ने खलपात्रका रूपमा अझ बढी चिनिनेछन् । ओली र देउवा कुनै न कुनैरूपमा संलग्न निकट अतीतमा भएका संवैधानिक नियुक्तिहरूमा सहमतिका नाममा भएको भागबन्डामा उनीहरूका कृपापात्र प्रायः नालायक र भ्रष्टहरू नै छानिएको देखिएकाले अहिले पनि सन्देह गर्नुपरेको हो ।  

हुनत, यसपटक पनि ओली र देउवाले आफ्ना आसेपासेको स्वार्थभन्दा राष्ट्रको हितलाई बढी महत्त्व देलान् भनेर अपेक्षा गर्नु मूर्खता ठानिन सक्छ । तर, उनीहरूको उमेर र परिस्थितिले गर्दा विगतमा गरेका गल्ती सुधारेर आफूमाथि लागेको दाग मेटाउने मौका अर्कोपटक आउने सम्भावना बिरलै हुनाले देशको हितमा उल्लेखनीय कार्य गर्ने आशा पलाएको हो । ओलीले त यसै पनि अर्को निर्वाचनपछि आफू प्रधानमन्त्री नहुने घोषणा गरिसकेकै छन् । देउवाका लागि पनि कुनै अनहोनी नभए ज्योतिषीको भविष्यवाणीबाहेक अर्कोपटक प्रधानमन्त्री हुने अरू आधार देखिँदैन । यसैले इतिहासमा देशका लोकतान्त्रिक संस्थाहरूलाई ध्वस्त पारेर छाडेको कलंक नबोक्ने हो भने उनीहरूका लागि यो अन्तिम मौका हो । संवैधानिक पदहरूमा योग्य, इमानदार र चरित्रवान् व्यक्ति छनोट गर्न निश्चित       विधि एवं प्रक्रिया पारदर्शीरूपमा अपनाइने परम्परा बसाउन ओली तथा देउवा दुवै जना प्रवृत्त हुनुपर्छ । नियुक्त व्यक्तिहरूको नाम पढेर जनताले वाह ! क्याबात ! भन्ने मौका पाए भने ओली र देउवालाई यसअघि राज्यको ढुकुटी आसेपासेलाई पोसेको पाप र बदनाम मेटाउन सहयोग पुग्नेछ । ओली र देउवाले आफ्नो छविमा लागेको दाग मेटाउने अन्तिम मौका सदुपयोग गर्ने आशा गर्नु मूर्खता त नठहरिएला नि !  
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर २७, २०७७  १५:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC