काठमाडौं । गौतमबुद्ध कप क्रिकेटमा टिम वागमतीले नारायणीलाई ११८ रनको लक्ष्य दिएको छ । चितवनस्थित गौतमबुद्ध क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको वागमतीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११७ रन बनाएको थियो । वागमतीका लागि सुनिल धमला र बिक्रम सोबले सर्वाधिक ३७–३७ रनकोे योगदान गरे । त्यस्तै रासिद खानले २७ रन बनाउँदा अन्य कुनै खेलाडीले दोहोरो रन जोड्न सकेनन् ।
बलिङतर्फ नारायणीका लागि शाहव आलमले सार्वाधिक तीन विकेट लिए । त्यस्तै दिपेश श्रेष्ठले दुई विकेट लिए । नारायणीका लागि करण केसी, किसोर महत्व र सुशन भारीले समान एक–एक विकेट लिए । आजको खेलमा दुबै टोली जित निकाल्ने योजनामा रहेका छन् । त्रिकोणत्म सिरिजमा तीन टोली रहेका छन् । हरेक टोलीले एक अर्कासँग खेल्दै शीर्ष दुई टोलीले फाइनलमा स्थान बनाउनेछन् ।