site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
२०३० सम्ममा  हरितगृह ग्यास उत्सर्जन ५५ प्रतिशत कटौती गर्न युरोपेली युनियन सहमत
Sarbottam CementSarbottam Cement

ब्रसेल्स । युरोपेली युनियनका नेताहरु सन् २०३० सम्ममा ५५ प्रतिशत हरितगृह ग्यास उत्सर्जन कटौती गर्न सहमत भएका छन् । युनियनको मुख्यालयमा भएको रातभरको वार्तापछि उक्त सहमति भएको हो । 

युरोपेली परिषदका अध्यक्ष चाल्र्स मिकेलले ट्विटरबाट उक्त सहमतिका बारेमा घोषणा गरेका हुन् । उनले जलवायू परिवर्तनका विरुद्धको संघर्षमा युरोप अग्रणी मुलुक भएको बताएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

युरोपेली आयोगका प्रमुख उर्सुला भोन लियेनले भने, “युरोपले सन् २०३० सम्ममा कम्तीमा ५५ प्रतिशत हरितगृह ग्यास उत्सर्जनमा कमी ल्याउने छ । यसले सन् २०५० मा जलवायू तटस्थतातर्फको मार्गमा युरोप अग्रसर हुने स्पष्ट सन्देश दिएको छ ।”

युरोपेली नेताहरुले जलवायू परिवर्तनको मुद्दामा झण्डै आठ घण्टा बहस गरेका थिए । 

Global Ime bank

केही कोइला–निर्भर युरोपेली मुलुकको समर्थनमा पोल्यान्डले स्वच्छ ऊर्जातर्फको रुपान्तरणका लागि आवश्यक बजेट छुट्याउन आग्रह गरेको थियो ।

जलवायु परिवर्तन सम्बन्धी वार्ताले ब्रेक्जिट वार्तालाई पनि ओझेलमा पारेको थियो । युरोपेली युनियनमा हाल २७ मुलुक आबद्ध छन् । रासस–एएफपी 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २६, २०७७  १४:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC