site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
मैदान फर्कन पाउँदा उत्साहित छौँ
Sarbottam CementSarbottam Cement

काठमाडौं । चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबारदेखि त्रिकोणात्मक सिरिज हुँदैछ । प्रदेश क्रिकेट संघ र चितवन जिल्ला क्रिकेट संघको आयोजनामा प्रतियोगिता हुने भएको हो ।  कोरोनाभाइरसका कारण करिब नौ महिना घरमा रहेका खेलाडीले उक्त प्रतियोगितामार्फत क्रिकेटमा पुनरागमन गर्ने भएका छन् ।

प्रतियोगिताका लागि सबै खेलाडीहरु तयार छन् । लामो समयपछि फर्कन लागेको क्रिकेटले खेलाडीहरुमा उत्साह पनि उत्तिकै रुपमा दिलाएको छ ।  नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्काले क्रिकेट सुरूवात हुन लागेकोमा आफू धेरै उत्साहित भएको बताएका छन् ।  उनले चितवनमा हुन लागेको गौतमबुद्ध कप क्रिकेटले नौ महिनापछि खेलाडीका लागि क्रिकेट सुरूवात गर्ने राम्रो पाटो दिएको बताएका छन् । 

खड्का गौतमबुद्ध कप क्रिकेटका लागि नारायणी टिमका कप्तान हुन् ।  यस प्रतियोगिताले नयाँ खेलाडी र स्थानीय खेलाडीहरुका लागि केही अवसर सिर्जना गर्ने बनाएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

“नौ महिनापछि क्रिकेट सुरू हुँदैछ त्यसका लागि सबैजना उत्साहित छौँ । खेलाडीका लागि लामो समयपछि क्रिकेट सुरू हुनु नै ठूलो उत्साहको विषय हो । अब सिरिजमा खेल्ने खेलाडीका लागि पनि उत्कृष्ट प्रदर्शन गर्ने वातावरण बनेको छ । स्थानीय खेलाडी पनि सहभागी हुने भएकाले उनीहरूलाई पनि आफ्नो प्रतिभा देखाउने मौका छ,” पारसले बाह्रखरीसँगको कुराकानीमा भने । 

उनले आफूहरुको टोली पनि राम्रो रहेकाले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने बताए ।  पारसले टिममा बन्द प्रशिक्षणमा नभएका खेलाडीले आफ्नो खेल क्षमता प्रस्तुत गर्ने अवसर गौतम बुद्ध कपबाट रहेको बताए । पारसको कप्तानीमा रहेको टिम नारायणीमा सुवास खकुरेल, करण केसी, सुशन भारीलगायतका खेलाडी छन् । त्यस्तै किशोर महात्व, सिद्धान्त लोहनी जस्ता खेलाडी पनि टिममा रहेका छन् । 

Global Ime bank

“सबै प्रतियोगिता क्रिकेट खेलाडीका लागि अवसरका रुपमा रहेको हुन्छ । गौतमबुद्ध कप पनि नयाँ तथा टिममा नरहेका खेलाडीका लागि प्रतिभा देखाउने अवसर छ । नेपाली टोलीको बन्द प्रशिक्षणमा रहेका खेलाडीका लागि पनि प्रशिक्षणमा यो प्रतियोगिताले राहत मिल्ने छ । त्यस्तै क्रिकेट प्रतियोगितामा आफूलाई अब्बल बनाउने कुरामा चितवनलाई यो प्रतियोगिताले राहत मिल्नेछ,” टिम नारायणीका कप्तान पारसले भने । 

यता टिम वागमतीमा कप्तान ज्ञानेन्द्र मल्लले पनि क्रिकेटको सुरूवातको विषयलाई लिएर खेलाडीहरु उत्साहित भएको बताए ।  यो प्रतियोगिता खेलाडीका लागि नयाँ तरिकाले क्रिकेटको सुरूवात गर्ने माध्यम बनेको बताए ।  उनले सबै खेलाडीलाई मिसाएर टिम बनाएको हुनाले सबैले आफ्नो शत प्रतिशत दिएर खेल्ने वातावरण बनेको बताए । 

“लामो समयपछि क्रिकेटमा फर्कने कुराले निकै उत्साहित बनाएको छ । यसले खेलाडीहरुलाई कुन प्रतियोगिता या कुन माध्यमबाट क्रिकेटमा फर्कने भन्ने कुराबाट पनि छुटकारा दिएको छ । हामी सबै प्रतियोगिताका लागि उत्साहित छौँ । टिम वागमतीले पनि प्रतियोगिताका लागि आफूलाई बलियो बनाएको छ,” मल्लले बाह्रखरीसँगको कुराकानीमा भने । 

शनिबारबाट सुरू हुने प्रतियोगिताका लागि तीन टोली तयार पारिएको छ ।  नेपाली टोलीका पूर्वकप्तान पारस खड्काको कप्तानीमा नारायणी टिम तयार पारिएको छ ।  त्यस्तै बागमती टिमको कप्तानी ज्ञानेन्द्र मल्लले गर्ने छन् भने राप्तीको कप्तानी विनोद भण्डारीले गर्नेछन्  । तीन टोलीको राउन्ड रोविन लिग पछि शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्ने भएका छन् । 

तीनै टोलीमा बन्द प्रशिक्षणमा रहेका खेलाडीहरु र अन्य घरेलु प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरि रहेका खेलाडीहरुले सहभागिता जनाएका छन् । प्रतियोगितामा राष्ट्रिय टोलीका चार खेलाडीले सहभागिता नजनाउने भएका छन् ।  नेपाली टोलीका उप–कप्तान दिपेन्द्र ऐरी र कुशल मल्ल चोटका कारण उपस्थित नहुने भएका हुन् । त्यस्तै बसन्त रेग्मी कोरोनाका कारण सहभागी नहुँदा सन्दीप पनि प्रतियोगितामा सहभागी हुने छैनन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २६, २०७७  १४:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC