site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

काठमाडौं । पछिल्ला दिनमा कोभिड–१९ ले दैनिक २० जनाजति मानिसले ज्यान गुमाइरहेका छन् । विकसित देशका जनताले कोरोना खोप लगाउन थालिसके हामी भने ‘मगन्ते’ देशलाई कसले उपलब्ध गराउँछ भनेर आस लगाएर बस्नु परेको छ ।  भारतमा मजदुरी गरेर नेपालका परिवारको पेट पाल्ने मजदुरसमेत नेपालमै बसेर परिवार नचल्ने देखेर रोगको डरका बावजुद दैनिक सयौंका संख्यामा फर्कन थालिसके । 

अरब र मलेसियाबाट फर्केका मजदुर कहिले भिसा आउँछ र काममा फर्कौं भन्ने पीरमा आत्तिएर बसेका छन् ।  सहर बजारमा सानो–तिनो व्यवसाय गर्ने र रोजीरोटीका लागि जागिर खाने सबैको गास खोसिने अवस्था आइसकेको छ । 

Agni Group

यस्तो अवस्थामा देश पुगेको बेलामा पनि सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढ्यो भनेर धक्कु लगाउने र देशमा सर्वत्र अमन चयन छ भनेर बस्ने यो सरकार र यसका प्रधानमन्त्री केपी शर्मा ओलीको हामी आज प्रतिवाद गर्दैछौं ।  ओलीमात्रै होइन, उनका विरोधीको पनि आज प्रतिवाद हुनेछ ।  यहाँ उही पुरानो चीनबाट रेल काठमाडौं र लुम्बिनी पुर्‍याउने, गएको वर्षको मंसिरदेखि भारतबाट पानी जहाज ल्याउने वा एउटा गोबर ग्यास उद्योग उद्घाटन गरेर अब नेपालीले घर घरमा पाइपबाटै ग्यास पाउँछन् भन्ने जस्ता विषयलाई उठान गर्ने जरुरत छैन । 

न त ओलीको सरकार ढाल्नसक्ने न त काम गर्न दिने नेपाल कम्युनिष्ट पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा वरिष्ठ नेता माधवकुमार नेपालको पनि प्रतिवाद गर्नैपर्नेछ । वरिष्ठताका बावजुद कमजोर तर मौकापरस्त बन्दै गएका झलनाथ खनाल तथा आफ्नो सानो स्वार्थमा कुनै पनि विषयमा सम्झौता गर्ने वामदेव गौतमको विषयमा पनि धेरै प्रतिवाद गर्ने जरुरत देखिएको छैन । 

Global Ime bank

प्रतिवादको हकदार संसदमा निकै खुम्चिएको र सडकमा करिब करिब विलुप्त भएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र यसका सभापति शेरबहादुर देउवा पनि छन् । तर, प्रतिपक्षप्रतिको प्रतिवाद अर्को कुनै अंकमा विस्तृत गरिने नै छ ।  विगत २ वर्ष १० महिनादेखि सत्तामा रहेको नेपाल कम्युनिष्ट पार्टीभित्र देखिएको अन्तर संघर्ष र आन्तरिक विरोधले अहिले देशनै ठप्प बनेको अवस्था छ, जनताका लागि गरिनुपर्ने यतिधेरै काम असरल्ल रहेको बेलामा सत्तासिन दल आफ्नै समस्यामा अल्झिएको छ । 

सम्पूर्ण देशका समस्याको बेलिविस्तार लगाउँदै जाँदा निकै लामो हुन्छ ।  तर प्रधानमन्त्री ओलीको सरकारले अर्का अध्यक्ष प्रचण्डले लगाएका आरोपहरूको जवाफ जनतालाई दिनुपर्दछ भन्ने हाम्रो माग हो ।

आज यिनै विषयमा केन्द्रित रहेर ‘प्रतिवाद’ तयार पारेका छौं । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २५, २०७७  १७:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC