site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
एआईजी, राज्य व्यवस्था समिति र गृहमन्त्रीको नैतिकता
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका तीन जिल्लालाई संघीय प्रहरी मातहत राख्दै त्यसको कमान्ड अत्तिरिक्त महानिरीक्षकले गर्ने गरी अध्यादेश जारी गरेको छ । संसदले बनाएको कानुन कार्यान्वयन नहुँदै अध्यादेशमार्फत् गरिएको अत्तिरिक्त महानिरीक्षक थप्ने व्यवस्थाप्रति त्यसबेलादेखि नै प्रश्न उठिरहेका थिए । प्रश्न उठ्ने क्रम रोकिएको छै्रन । र,  सरकारमा भएका केही व्यक्तिका नियतसँग जोडेरसमेत यो प्रश्न उठाइने गरिएको छ ।

तर, बुधबार संसदीय समितिले अत्तिरिक्त महानिरीक्षकको पद नथप्न सरकारलाई निर्देशन दिएपछि भने यो विषय थप जटिल र पेचिलो बनेको छ। 

सरकारले अध्यादेशमार्फत् अत्तिरिक्त महानिरीक्षक (एआइजी) पद सिर्जना गर्ने निर्णय गरिसकेपछि अब त्यो कानुनको रुपमा कार्यान्वयनको क्रममा छ । त्यस्तो कानुन (अध्यादेश) संसद सुरु भएको ६० दिनभित्र सरकारले संसदमा पेश नगरे स्वतः निष्क्रिय हुन्छ । यद्यपि, अध्यादेश पेस भएपछि स्वीकार गर्ने, नगर्ने अधिकार संसदकै हुन्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

संसदले बहुतबाट अस्वीकार गरे अध्यादेश खारेज हुन्छ । स्वीकार गरेमा सरकारले प्रतिस्थापन विधेयक ल्याउनुपर्छ । त्यसलाई संसदले पारित गरेपछि कानुनको रूप धारण गर्छ ।

संसदको यो प्रक्रिया बुझेर खारिएका सांसदहरूसमेत रहेको संसदको राज्यव्यवस्था तथा सुशासन समितिले भने बुधबार सरकारलाई अत्तिरिक्त महानिरीक्षक (एआइजी) पद नथप्न निर्देशन दिएको छ । यो निर्देशनको सीधा मतलव हो– सरकारले ल्याएको अध्यादेश कार्यान्वयन नगर ।

Global Ime bank

 निर्देशनपछि प्रश्न उठेको छ– के संसदीय समितिले सरकारले ल्याएका अध्यादेश संसदमा जानुअघि अर्थात् संसदलाई थाहा हुनुअघि नै उजुरीको भरमा कार्यान्वयन नगर भन्न सक्छ ? के संसदीय समितिको निर्देशनबाट सरकारले ल्याएका अध्यादेश खारेज हुन्छन् ?  जवाफ एउटै हुन्छ– संसदलाई अध्यादेश सरकारले ल्याएपछि खारेज गर्ने अधिकार भएपछि अध्यादेश जारी हुँदै खारेज गर भनेर आदेश वा निर्देशन गर्न सक्दैन । तर, समितिले यही निर्देशन सरकारलाई दिएको छ ।

गृहमन्त्रीको नैतिकतामा प्रश्न

संसदीय समितिको यस्तो निर्देशनको पृष्ठभूमिमा भने नेपाल प्रहरी हेर्ने विभागीय मन्त्रालयको नेतृत्व गृहमन्त्री नै छन् । समितिले सरकारले अध्यादेशमार्फत् एआइजी पद सिर्जना गरेपछि त्यसको कारण र औचित्यबारे जवाफका लागि बुधबार गृहमन्त्रीलाई बोलाएको थियो । जवाफ दिन संसदीय समितिमा पुगेका गृहमन्त्रीले सरकारको क्षेत्राधिकार र निर्णयको वैधानिकताभन्दा सरकारभित्रको असन्तुष्टि छताछुल्ल बनाउने काम गरेका छन् । र, उनले आफ्नै अकर्मण्यता उदाङ्गो पारेको समितिका सदस्यहरू बताउँछन् ।

“हामीले यहि समितिमार्फत् नेपाल प्रहरी र प्रदेश प्रहरी सम्बन्धी ऐन तर्जुमा गरेका हौं । त्यहि ऐन अनुसार ओएनएम समिति बनाएर त्यसको रिपोर्ट मन्त्रिपरिषद्मा लगेका हौँ । मन्त्रिपरिषद्ले ओएनएम रिपोर्ट प्रशासनिक समितिमा पठायो र समितिले परिमार्जनसहित दिएको रिपोर्ट मन्त्रीपरिषदले अनुमोदन गर्‍यो,’’ गृहमन्त्री थापाले संसदीय समितिमा जवाफ दिँदै भने, “हुन त ओएनएमका सम्बन्धमा गृहमन्त्रालयबाट हामीले सिफारिस गर्दा अत्तिरिक्त महानिरीक्षक राख्ने व्यवस्था गरेका थिएनौँ । तर, मन्त्रिपरिषदको प्रशासनिक समितिले उपत्यका हेर्न यो आवश्यक पर्छ भनेर सिफिस गर्‍यो । र त्यही कुरा आएको छ ।’’ 

गृहमन्त्रीको यो जवाफलाई समितिका सदस्यहरूले चित्त बुझाएनन् । सांसदहरू तात्तिए । समितिले सरकारलाई निर्देशन दियो । सरकारको कानुन कार्यान्वयन नगर्ने कि संसदीय समितिको निर्देशन औचित्यहीन पार्ने भन्ने गम्भीर सवाल उत्पन्न भएको छ । यो अवस्था भनेको व्यवस्थापिका र कार्यपालिकाबीच टकराव र शक्ति–सङ्घर्षको अवस्था हो ।  

“उपत्यका सम्वेदनशील क्षेत्र भएको हुनाले एकतह माथीको इन्चार्ज दिनुपर्छ भन्ने कुरा प्रशासनिक समितिबाट आयो,’’ गृहमन्त्री थापाले समितिमा भने, “जहाँसम्म यसरी दिन हुन्थ्यो कि हुँदैनथ्यो भन्ने कुरा छ यसमा विषयमा मतभेद हुनसक्छ ।’’

सरकारको प्रतिनिधित्व गरेर समितिमा गएका मन्त्री थापाले आफूलाई खबर बोक्ने हुलाकीका रूपमा समेत प्रस्तुत गरे । “तै पनि म सुनुवाई हुने निकायसम्म यहाँहरूको सुझाव पुर्‍याउँछु,” अन्त्यमा थापाले भने ।

सरकारको प्रतिनिधित्व गरेर संसदीय समितिमा गएका गृहमन्त्री थापाले नै सरकारको निर्णयको औचित्य स्थापित गर्नुको साटो मन्त्रिपरिषद्को प्रशासनिक समितिमार्फत् भयो र यसको औचित्यमा प्रश्न उठ्नसक्छ भन्ने आशयको कुरा गरेपछि समितिमै उनको नैतिकतामा प्रश्न उठाइएको छ । समितिमा रहेका नेकपा सांसद लालबाबु पण्डित नेमकिपा सांसद प्रेम सुवाल र कांग्रेस सांसदहरू दिलेन्द्रप्रसाद वडु र अमरेशकुमार सिंहले उनलाई यस्तो असन्तुष्टि हो भने तपाईं गृहमन्त्रीबाट राजीनामा किन दिनहुन्न भन्दै प्रश्न उठाउन भ्याएका थिए ।

“मन्त्रिपरिषदको समितिमा त विभागीय मन्त्री पदेन सदस्य हुन्छ, या त तपाईं आफैँ कुरा नबुझी बोल्दै हुनुहुन्छ । या त, गलत सन्देश दिने प्रयास गर्दै हुनुहुन्छ,” सत्तारूढ दलका सांसद पण्डितले थापामाथि प्रश्न तेर्स्याए, “‘तपाइँ यस्तो असमन्जस्य भएर बस्नुभन्दा राजीनामा दिनु उपयुक्त हुन्छ ।’’ 

यही प्रश्न कांग्रेस सांसदहरु दिलेन्द्र बडु र अमरेशकुमार सिंहले पनि उठाएका थिए । “मन्त्रिपरिषद्का निर्णयमै सहमत र सन्तुष्ट हुनुहुन्न भने तपाई किन ‘रिजाइन’ गरेर आउनुहुन्न ?,’’ समितिमै कांग्रेस सांसद सिंहले प्रश्न गरे, “प्रधानमन्त्री र ‘क्याविनेटको’ निर्णयसँग असहमत भएर तपाईलाईं पदमा बसिरहने नैतिकता छ ?’’ सांसद सिंहले समितिको निर्णयप्रति असन्तुष्टी जनाउँदै समितिको क्षेत्राधिकारमा समेत प्रश्न उठाएका छन् । 

“एआइजी थप्ने निर्णय प्रहरी संगठनिभत्रको कुरा हो र त्यो निर्णय गर्ने अधिकार सरकारको हो,’’ बैठकपछि सिंहले भने, “यो बढुवा सम्बन्धि प्रश्न हो भने त्यसको उजुरी लिएर लोकसेवा आयोगमा जानुपर्‍यो । कानुन विपरित छ भन्ने हो भने कानुनको प्रश्न लिएर अदालत जानुपर्‍यो,’’ उनले व्यक्तिगत विषयमा संसदीय समितिले गरेको छलफलले समितिको गरिमा घटाउने तर्क गरे ।

समिति निर्णयमा पुग्ने समयमा पनि बडु र पण्डितले सभापति सशी श्रेष्ठलाई सरकारले ल्याएको अध्यादेशविरुद्ध निर्देशन दिन नमिल्ने भनेर सम्झाउने प्रयास गरेका थिए । तर, सभापति श्रेष्ठले भने ‘अध्यादेशको कुरा कहाँबाट आयो’ भन्दै हतार हतार निर्देशन सुनाएकी थिइन् ।

सांसदहरुले भनेजस्तै नीतिगत र आम सरोकारका विषय संसद र संसदीय समिमितका क्षेत्राधकिार र सरोकारका विषय हुन् । प्रहरीमा कुन पद राख्ने कुन पद नराख्ने भन्ने विषय संसदीय समितिको सरोकारको विषय त्यसबेला हुन्छ जुन बेला सरकारले जारी गरेको अध्यादेशमाथि विचार गरियोस भनेर सरकारले संसदलाई दिन्छ । त्यस अघि नै राखिएको चासोलाई भने संंकाको दृष्टिबाट हेरिन सक्छ । 

जसरी कांग्रेस सांसद सिंहले ‘संसदीय समितिमा नेकपा भित्रको विवादको छाया देखिनुलाई दुर्भाग्यपूर्ण’ भनेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २५, २०७७  १५:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC