site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
थपिएको समयमा नसकिने भयो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण
Ghorahi CementGhorahi Cement

काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सन् २०२० भित्र सञ्चालनमा नआउने भएको छ । सरकारले पटक पटक म्याद थप गर्दै यही डिसेम्बर अन्तसम्म निर्माण सम्पन्न गरी जनवरीबाट सञ्चालनमा ल्याउने जनाएको थियो । तर, हालसम्मको भौतिक प्रगती हेर्दा तोकिएको समयमा निर्माण सम्पन्न हुन नसक्ने भएको छ । सिभिलतर्फको काम सकिए पनि फिनिसिङ र उपकरण जडानको काम बाँकी छ । सरकारले विमानस्थलमा उपकरण जडानका लागि विदेशबाट प्राविधिक ल्याउन सकेको छैन । 

विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले उपकरण जडानको लागि प्राविधिक ल्याउन प्रयास भइरहेको बताए । “सभिलतर्फको काम करिब सकियो । फिनिसिङको केही काम र उपकरण जडानको काम बाँकी छ । उपकरण जडानको लागि प्राविधिक ल्याउन प्रयास भइरहेको छ,” उनले भने । तर, कहिलेसम्म प्राविधिक आउँछन् भन्ने स्पष्ट भइसकेको छैन । प्राविधिक ल्याउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, विभागदेखि सबैले काम गरिरहेको उनले बताए । “तर, यही मितिमा यति प्राविधिक आउँछन् भन्ने छैन,” उनले भने । 

Agni Group

उनका अनुसार विमानस्थलमा प्रविधि जडानका लागि चीन, अष्ट्रेलिया, अमेरिका र थाइल्याण्डबाट जनशक्ति ल्याउनुपर्छ । अधिकारीका अनुसार विमानस्थलको बाँकी काम सम्पन्न गर्न ३ महिना लाग्छ । प्रविधि जडान र त्यससँग सम्बन्धित फिनिसिङ्गका कामहरु बाँकी रहेको उनले बताए । “आज जनशक्ति आए भने तीन महिनाको काम बाँकी हो, जनशक्ति कहिले आउँछ भनेर यकिन गर्न नसकेको हुँदा कति समय लाग्छ भन्न सक्ने अवस्था रहेन,” उनले भने । 

यता, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक एवं प्रवक्ता राजकुमार क्षेत्रीले विमानस्थल निर्माण छिटो सम्पन्न गर्न लागि रहेको बताए । “९३ प्रतिशत भौतिक प्रगती सकिएको छ । छिटोभन्दा छिटो सक्नेतर्फ लागि रहेका छौं,” उनले भने । 

Global Ime bank

विमानस्थलमा रनवे लाइट, कन्भेयर वेल्ट लगाउनुपर्ने लगायत काम बाँकी छन् । फिनिसिङका केही काम बाँकी रहेपनि सबैभन्दा महत्त्वपूर्ण प्रविधि जडान गर्ने जनशक्ति नहुँदा विमानस्थल सञ्चालनको मिति झन् पर धकेलिँदै गएको अधिकारीहरु बताउँछन् । 

केही दिनअघि विमानस्थल निर्माणको अनुगमन गर्न भैरहवा पुगेका पर्यटन मन्त्री योगेश भट्टराईले डिसेम्बरसम्म निर्माण सम्पन्न गर्न निर्देशन दिएका थिए । पटक पटक थपिएको यो आयोजनाको म्याद यही डिसेम्बर अन्तसम्म छ । तर, प्रविधि जडान गर्ने प्राविधिक नै नभएपछि आयोजना तोकिएको समयमा सम्पन्न हुन नसक्ने निश्चित भइसकेको छ । आयोजना प्रमुख अधिकारीका अनुसार पनि अझै विमानस्थलमा तीन महिनाको काम बाँकी नै छ । 

अर्को भैरहवा विमानस्थल नेपाल–भारत सिमाना नजिक रहेको र अन्तर्राष्ट्रिय उडानका क्रममा भारतीय आकाश छुन सक्ने भएकाले नेपालले भारतसँग अनुमति  लिन बाँकी नै छ । विमानस्थल सञ्चालनमा आउन अघि नै भारतसँग सम्झौता गर्नुपर्ने छ । 

संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता कमलप्रसाद भट्टराईले भैरहवा विमानस्थल सञ्चालनको विषयमा दुई देशबीचको प्राविधिक टोलीबीच छलफल भइरहेको बताए । “हामीभन्दा माथिल्लो तहलाई प्राविधिक विषयमा बुझाउनुपर्ने भएकाले त्यसको तयारी गरेका छौं । र सम्झौताको अन्तिम चरणमा पुगेको छ,” उनले भने ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २५, २०७७  ०९:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC