site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नेयमारको ह्याट्रिक, पीएसजी अन्तिम १६ मा 
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेयमारको ह्याट्रिकमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा जित निकालेको छ ।

बुधबार राति भएको खेलमा पीएसजीले टर्कीस क्लब इस्तानबुल माथि ५–० गोलकोे जित हात पारेको हो । मंगलबार रातिको खेलमा म्याच रेफ्रीले रंगभेदी व्यवहार गरेको भन्द्रै खेलाडीहरुले खेलको १५ औं मैदान छोडेका थिए । त्यसपछि दुबै टोलीका खेलाडीको सहमतीमा खेल बुधबार भएको हो । 

Agni Group

घरेलु मैदानमा भएको खेलमा पीएसजीलाई जित दिलाउन नेयमारले ह्याट्रिक गरे । त्यस्तै केलियन एम्बाप्पेले एक गोल गरे । उता स्तानबुलका लागि मेहमेत टोपालाले एक गोल फर्काए । 

खेलको २१ औं मिनेटमा नेयमारले गोल गर्दै टिमलाई अग्रता दिलाए । ३७ औं मिनेटमा नेयमारले व्यक्तिगत दोस्रोे गोल गर्दा टिमले आफ््नो अग्रता दोब्बर बनाएको थियो । 

Global Ime bank

४२ औं मिनेटमा एम्बाप्पेले पेनाल्टीमार्फत गोल गर्दा घरेलु टोलीले आफ्नो अग्रता ३–० बनायो । पहिलो हाफमा ३ गोल गरेको पीएसजीले दोस्रो हाफमा थप दुई गोल गरेको थियो । 

खेलको ५० औं मिनेटमा नेयमारले ह्याट्रिक पूरा गर्दै टिमको अग्रता ४–० बनाए । ५७ औं मिनेटमा स्तानबुलका लागि टोपालले एक गोेल फर्काए । ६२ औं मिनेटमा एम्बाप्पेले व्यक्तिगत दोस्रोे गोलगर्दा पीएसजीले ५–० गोलको जित हात पार्न सफल भयो । 

जितसँगै पीएसजी नकआउट चरणमा प्रवेश गरेको छ । लिगमा ६ खेल खेलेको पीएसजी समूह विजेता हुँदै अघिल्लो चरण प्रवेश गरेको हो । पराजित स्तानबुल भने यसअघि नै समूह चरणबाट बाहिरिएको थियो । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २५, २०७७  ०७:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC