site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
८ सेकेन्डका लागि क्वारेन्टिन नियम तोड्दा ३५ सय डलर जरिवाना 
Sarbottam CementSarbottam Cement

एजेन्सी । ताइवानी अधिकारीहरुले एक व्यक्तिलाई आठ सेकेन्डका लागि क्वारेन्टिनको नियम उल्लंघन गरेकामा ३५सय डलरको जरिवाना लगाएका छन् ।  फिलिपिन्सबाट आएका ती आप्रवासी कामदार, काओसिङ सहरको होटलमा क्वारेन्टिनमा बसेका थिए र त्यसैबीच उनी छोटो समयका लागि कोठाबाट बाहिर निस्किएको सहरको स्वास्थ्य विभागले ताइवान सेन्ट्रल न्युज एजेन्सी, सीएनएलाई जानकारी दिएको छ । 

ती व्यक्ति त्यसरी कोठाबाट बाहिर निस्कएको सीसीटीभी क्यामरामा देखिएपछि होटलका स्टाफले स्वास्थ्य विभागलाई खबर गरेका थिए । यस्तोमा विभागले उनलाई एकलाख ताइवानी डलर (३५०० अमेरिकी डलर) जरिवाना तिराएको सीएनएले जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

ताइवानको क्वारेन्टिन नियम अन्तर्गत जतिसुकै छोटो समयका लागि भए पनि कोठाबाट बाहिर निस्कन निषेध गरिएको छ ।  स्वास्थ्य विभागले घटनाबारे प्रतिक्रिया दिँदै भनेको छ, “क्वारेन्टिनमा बसिरहेका मानिसले उनीहरु होटल नछाडे जरिवाना लाग्दैन भनेर सोच्नु गलत हुनेछ ।” 
अहिले काओसिङ सहरमा मात्र झन्डै ५६ वटा क्वारेन्टिन होटलहरु रहेका छन् जसमा झन्डै ३ हजार कोठा छन् । 

कोरोना नियन्त्रण गर्नमा ताइवानलाई विश्वकै सबैभन्दा सफल मानिने गरिएको छ ।  कडा लकडाउन जारी नगरि यसले संक्रमण रोक्न सकेकाले पनि ताइवानलाई उदाहरणीय मानिएको छ ।  महामारी नियन्त्रणमा ताइवानले अन्य मुलुकहरु भन्दा फरक किसिमको नीति अपनाउँदै आएको छ । 

Global Ime bank

उनीहरुले तिव्रतामा बढी केन्द्रित रहेर सुरुवातदेखि नै परीक्षणको दायरा बढाएका हुन् । २०१९ को डिसेम्बरमा वुहानमा भाइरसबारे हल्ला सुरु भएलगत्तै ताइवानले सक्रिय भएर सबै सावधानीका कदमहरु अपनाउन थालिसकेको थियो ।  त्यस्तै प्रभावकारी कन्ट्याक्ट ट्रेसिङ र तीव्र परीक्षणमा पनि ताइवान सरकारले जोड दिँदै आएको छ । 

जोन हप्किन्स युनिभर्सिटीको रिपोर्ट अनुसार २ करोड ३० लाख जनसङ्ख्या बसोबास गर्ने ताइवानमा, हालसम्म जम्मा ७१६ संक्रमित छन् । सीएनएन 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २५, २०७७  ०५:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC