site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
म्याराडोनाको तस्बिर अर्जेन्टिनाको नोटमा राख्न प्रस्ताव
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

बीबीसी । अर्जेन्टिनाका सिनेटरले स्वर्गीय फुटबल लेजेन्ड डिएगो म्याराडोनाको तस्बिर नयाँ बैंक नोटमा राख्न प्रस्ताव गरेका छन् । १९८६ को विश्वकपमा अर्जेन्टिनालाई जित दिलाएका विश्वचर्चित फुटबल खेलाडी म्याराडोनाको दुई हप्ता अगाडि ६० वर्षको उमेरमा ह्दयघातका कारण मृत्यु भएको थियो । 

यसबीच सिनेटर नोर्मा डुरांगोले सोमबार सबैभन्दा प्रचलित १,००० पेसोको नयाँ नोटमा म्याराडोनाको तस्बिर राख्न प्रस्ताव गरेकी हुन् । त्यसको एकपट्टी म्याराडोना र अर्कोपट्टी उनको सबैभन्दा चर्चित गोल को तस्बिर राखिने उनले बताएकी छन् । १९८६ मा म्याराडोनाले मेक्सिकोस्थित इङ्ल्यान्ड विरुद्ध गरेको दोस्रो गोलको क्षणलाई सो नोटमा समावेश गर्न उनले प्रस्ताव गरेकी हुन् ।

नोर्माले भनेकी छन्, “यो हाम्रा सबैभन्दा महत्वपूर्ण व्यक्तित्वलाई चिनाउनका लागि मात्र नभएर यसले आर्थिक प्रभाव पनि पार्नेछ । पर्यटकहरु यहाँ आउँदा आफूसँगै म्याराडोनाको चिनो पनि लैजान चाहनेछन् । ” 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २५, २०७७  ०५:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC