काठमाडौं । इटालियन क्लब सिरी ए का स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले मेस्सीलाई आफूले कहिले पनि प्रतिद्वन्द्वीको रुपमा नहेरेको बताएका छन् । मंगलबार राति भएको स्पेनिस क्लब बार्सिलोना र युभेन्ट्सको खेलपश्चात बोल्दै रोनाल्डोले यस्तो बताएका हुन् । बार्सिलोना मंगलबारको खेलमा युभेन्ट्ससँग ३–० गोल अन्तरले पराजित भएको थियो ।
रोनाल्डोले बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा दुई गोल गरेका थिए । उनले दुबै गोल पेनाल्टीमार्फत गरेका थिए ।
“मेस्सीसँग मेरो निकै राम्रो सम्बन्ध छ । उनीसँग खेल्दै सधैँ राम्रो लाग्छ । उनीसँग मैले विगत १५ वर्षदेखि खेलिरहेको छु । तर मैले उनलाई कहिले पनि प्रतिद्वन्द्वीको रुपमा हेरिन,” रोनाल्डोले भने । रोनाल्डो र मेस्सी लामो समयदेखि विश्व फुटबलमा स्थापित खेलाडी हुन् ।