site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेस अब कसले जोगाइदिन्छ ? त्यसैले सभापतिमा उमेदवारी दिँदैछु : सुजाता कोइराला 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसको सबैभन्दा धेरै समय नेतृत्व गर्ने व्यक्ति हुन्, गिरिजाप्रसाद कोइराला । आफ्नो जीवनको उत्तरार्धमा कोइरालाले केवल कांग्रेसको मात्र नेतृत्व गरेनन्, तत्कालीन सात दलको नेता भएर २०६२–०६३ को जनआन्दोलनदेखि गणतन्त्र घोषणासम्म आउँदा सशस्त्र युद्धमा रहेको तत्कालीन नेकपा (माओवादी)सम्मलाई नेतृत्व गरे ।

धेरैले अहिले पनि भन्ने गरेका छन्, कोइराला नभएका भए न त विघटन भइसकेको संसद पुनःस्थापना हुन्थ्यो, न त जनआन्दोलनको सफलता, शान्ति–प्रक्रिया र गणतन्त्रसम्मको यात्रा नै तय हुन्थ्यो । विश्लेषकहरुले भन्ने गरेजस्तै अहिले कांग्रेसमा सर्वस्वीकार्य नेतृत्वको अभाव छताछुल्ल भएको छ । सभापतिमा शेरबहादुर देउवा आसिन छन् । तर, उनको नेतृत्वलाई आफ्नै गुटका विमलेन्द्र निधिदेखि १३औं महाधिवेशनमा प्रतिस्पर्धामा उत्रिएका रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला हुँदै कांग्रेस महामन्त्री, डा. शशांक कोइराला, डा. शेखर कोइराला, प्रकाशमान सिंहसहित धेरैले चुनौती दिइरहेका छन् । 

१४औं महाधिवेशन समयमा गर्न नसकेका देउवा अबको महाधिवेशनमा पनि प्रतिस्पर्धामा उत्रिँदै छन् । गिरिजाप्रसाद कोइरालापुत्री सुजाता कोइराला पनि अबको कांग्रेसलाई आफूले नेतृत्व दिने भन्दै कम्मर कसेर लागेकी छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

‘‘गिरिजाप्रसाद कोइरालाको विरासत थाम्न सक्छु भन्ने त मेरो अहिले नै दाबी छैन,’’ सुजाता भन्छिन्, ‘‘तर, कांग्रेसले बलियो नेतृत्व पाएन । नयाँ पुस्ता सधैं बुढाहरुको नेतृत्वमा गयो र पार्टी नै बुढोजस्तो भयो भन्ने निराशा देखियो । त्यसैले युवा र महिलाहरुमा आत्मविश्वास भर्ने योजनासहित म नेतृत्वमा दाबी गर्दैछु ।’’
‘गिरिजाप्रसाद कोइरालाले ८७ वर्षसम्म नेतृत्व गर्नुभयो नि ?’ भन्ने प्रश्नमा उनले धेरै वर्षसम्म नेतृत्वमा बसेर पनि युवाहरुलाई निराश हुन नदिएको र कांग्रेसलाई सधैं ‘नेता पार्टी’ बनाएको दाबी गरिन् ।

‘‘अहिलेकै नेतृत्वले निरन्तरता पायो भने त भोलि कांग्रेस कस्तो बन्छ भन्ने जिज्ञासा नै बाँकी रहेन । कस्तो कांग्रेस बन्छ भन्ने सबैले देखिसकेका छन्,’’ कोइरालाले भनिन्, ‘‘केन्द्रकै नेताहरुमा निराशा छ । गाउँगाउँमा नेता–कार्यकर्ता साथीहरु निराश र दमित भएर बस्नुपरेको छ । यो निराशाबाट बाहिर निकाल्न सकिएन भने कांग्रेस कसले जोगाइदिन्छ ?’’ उनले कांग्रेसलाई निराशाको भुमरीबाट बाहिर निकाल्न नेतृत्व परिर्वतन पहिलो सर्त भएको बताइन् ।

Global Ime bank

००००

‘‘देउवा सभापति भएपछि अहिलेसम्म महिलाहरुलाई कुनै स्थान दिने प्रयास नै भएन । मंगलबार हेर्नुस् न, बालुवाटारमा उहाँ जम्बो टोलीसहित जाँदा उहाँसँग राजनीतिक वार्ता गर्ने एकजना महिला साथमा छैन,’’ कोइरालाले भनिन्, ‘‘उहाँ दमन गरेर पार्टीको नेतृत्व गर्न चाहनुहुन्छ । सबैलाई समेटेर लैजान उहाँले सक्दै सक्नुभएन ।’ हरेक जिल्लामा कार्यकर्ता निराश रहेको उनको भनाइ छ ।

‘‘देउवा गुटमै रहेका नेताहरुमा समेत सभापतिको कार्यशैलीप्रति चरम निराशा रहेको छ । गुटको छहारीमा आफ्नो भविश्य देख्नेबाहेक उहाँसँग अब गुटका नेताहरुसमेत रहने अवस्था छैन,’’ कोइरालाले थपिन्, ‘‘कांग्रेसभित्रको प्रतिपक्षसँग पनि नेतादेखि आमकार्यकर्ता आशावादी बन्ने अवस्था छैन ।’’

उनका अनुसार यो चरम निराशाले पार्टी खत्तम हुने भएकाले पार्टीको रक्षाका लागि अब दोस्रो पुस्ता नउठी नहुने अवस्था छ । ‘‘अब निराश भएका देशभरका कार्यकर्तामा आशा छर्नुछ । राजनीतिमा लागेर नेताहरुको सहयोगीमात्र हैन, आफैं केही गर्न सकिन्छ भनेर महिलाहरुमा पनि आत्मविश्वास भर्नुछ,’’ उनले भनिन्, ‘‘अब मेरो नेतृत्वमा युवा र महिलाको एउटा सशक्त टिम बन्छ । जसले युवाहरुमा आत्मविश्वासमात्र भर्दैन, कांग्रेसलाई गुटको चंगुलमा राखेर नेतृत्व गर्नेहरुको आत्मविश्वाससमेत चुर बनाउँछ ।’’ उनले त्यसका लागि देशभरबाट नेता–कार्यकर्ताहरुले आफूलाई आत्मविश्वास बढाइरहेको बताइन् । 

००००

क्यान्सर लागेर उपचार सुरु भएदेखि राजनीतिक क्रियाशीलता घटेको भन्ने आरोप सुजाता स्वीकार गर्छिन् । 

‘‘हो म उपचारबाट फर्किपछि सुरुका दिन उपचार र आराममा बिताएँ । त्यसपछि योगाभ्याससहित जीवन पद्धति फरक ढंगले अघि बढाएँ,’’ उनी भन्छिन्, ‘‘त्यसपछि मैले आफ्नो भूमिका सामाजिक क्षेत्रमा केन्द्रित गर्दै देशभरका साथीहरुसँग सहकार्य गर्ने प्रयास गरेँ । यही प्रयासका क्रममा चरम निराशा देखेपछि फेरि राजनीतिमा सक्रिय हुने निर्णय गरेँ ।’’ उनले राजनीतिक क्रियाशीलता भनेको पदका लागि हुने छिनाझपटी र गुटको भागबन्डामात्र नभएको बताइन् ।

‘‘सामाजिक क्षेत्रमा रहेर जहाँ जे स्रोत–साधन छ, स्थानीयबाटै त्यसको सदुपयोग गराउने र जनतालाई स्वाबलम्बी बनाउने नीतिअनुरूप मैले काम गरिरहेकी छु । यो काम त कांग्रेसले गर्नुपर्थ्यो र धेरै काम सम्भव हुन सक्थ्यो,’’ उनले भनिन्, ‘‘तर उहाँहरु त पार्टी कब्जा र भागबन्डामा सीमित हुनुभएको छ । कार्यकर्तासँग गयो भने पनि उहाँहरु संगठन हैन, गुटबन्दी गरेर फर्कनुहुन्छ । पार्टी बनाउन जनतामा आशा जगाउन त उहाँहरुले केही पनि गर्न सक्नुभएन ।’’ 

सुजाताकाअनुसार अब कांग्रेसले संगठन निर्माणको शैलीदेखि कार्यकर्ता परिचालन र नागरिक सम्बन्धको ‘स्टकचर’ पूरै बदल्नुपर्छ ।

००००

नेपाली कांग्रेसमा गिरिजाप्रसाद कोइरालापछि सबै पुरानै टिमले साथ दिँदा सुरुमा सुशील कोइराला नेतृत्वमा सफल भए पनि संविधान जारी भएपछि पार्टी नेताहरुको षडयन्त्रमा असफल पारिएपछि ‘लिडरसिप क्राइसिस’ सुरु भएको उनले बताइन् । 

‘‘सुशील कोइरालाले संविधान जारी गरिसकेपछि बनाएको व्यक्तित्व खत्तम पार्न शेरबहादुरदेखि रामचन्द्रसम्म लागेर प्रधानमन्त्रीमा चुनाव लडाउनुभयो । जबकि, उहाँ चुनाव हार्नुहुन्छ भन्ने सबैलाई थाहा थियो,’’ सुजाताले भनिन्, ‘‘त्यसपछि एजेन्टहरुले नै उहाँ क–कसको इशारामा चुनाव लड्नुभयो भन्दै प्रचार गरे । त्यहीँदेखि कांग्रेसमा लिडरसिप क्राइसिस सुरु भयो ।’’ उनले त्यसबेला सुशील कोइरालालाई ‘खसाल्न’ काम गरेकाहरु अहिले नेतृत्वमा र नेतृत्वको दाबीमा रहेको भन्दै उनीहरुबाट केही हुने अवस्था नरहेको बताइन् । 

०००

‘कांग्रेसमा तीन कोइराला नेतृत्वको दाबीमा हुँदा कसले बाजी मार्छ ?’ भन्ने प्रश्नमा सुजाताले महाधिवेशनअघि जतिजनाको दाबी रहे पनि महाधिवेशनमा जाँदा आफू एकमात्र उमेदवार बन्ने दाबी गरिन् । ‘‘शेखर’दा, शशांक’दा दुवै महिलामैत्री हुनुहुन्छ । उहाँहरु महिलालाई अघि बढाउने भन्नुहुन्छ । जब कार्यकर्ताबाट नै मलाई समर्थन आउँछ भने उहाँहरुले सहयोग नगर्ने प्रश्नै हुँदैन,’’ उनले भनिन्, ‘‘तर, कांग्रेस कोइरालाहरुको मात्र पार्टी हैन, देशभरका आमकार्यकर्ताको मन जित्न सकेमात्र कोही पनि नेतृत्वका लागि योग्य हुन्छ ।’’

‘‘म अहिले ६६ वर्षकी भएँ । पार्टी ७० माथि (७६ वर्षसम्म)को नेतृत्वमा छ । अहिले नै नेतृत्व सम्हाल्न सक्नुभएको छैन । फेरि पाँच वर्ष सम्हाल्छु भन्दै हुनुहुन्छ,’’ सुजाताले भनिन्, “उहाँहरुको प्रयासले अब जनतादेखि कार्यकर्तामा आशा जगाउने र आत्मविश्वास भर्ने काम गर्दैन ।’’ 

उनले दोस्रो पुस्ताले चुनौती गर्न सकेपछि पहिलो पुस्ता कांग्रेसको अभिभावक बन्नु अनिवार्य भइसकेको बताइन् । 

०००

विश्वभर शताब्दीऔंदेखि पुरुषहरुले नेतृत्व गर्दै आएको भन्दै अब महिलाहरुलाई परीक्षणकै लागि पनि नेतृत्व दिनुपर्ने उनको भनाइ छ । ‘‘विश्वभर शताब्दीऔंदेखि पुरुषहरुले नेतृत्व गर्दै आएका छन् । उनीहरुले धेरै कुरा बनाएका मात्र छैनन्, धेरै कुरा बरबादसमेत गरेका छन्,’’ सुजाताले भनिन्, ‘‘अब महिलालाई नेतृत्वमा लगेर आफूलाई परीक्षणको मौका दिनुपर्छ । सफल भएँ भने नेतृत्वको निरन्तरता हुन्छ । असफल भएँ भने स्वाभाविक रुपमा विकल्प तयार हुन्छ ।’’

केही ठाउँमा भएका अभ्यासले महिलाको नेतृत्वमा भ्रष्टाचार र अनियमितता कम भएको भन्दै उनले यहाँ पनि महिलाले नेतृत्व पाए धेरै कुरामा सुधार हुने दाबी गरिन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २४, २०७७  १२:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC