खेल
काठमाडौं । इटालियन क्लब लाजियो च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा लाजियोले क्लब बुर्गसँग २–२ गोलको बराबरी खेल्दै आफूलाई अघिल्लो चरणमा पुर्याएको हो ।
लाजियोको घरेलु मैदानमा भएको खेलमा क्लब बुर्गका लागि रुड भोर्मेर र हान्स भनाकेनले एक–एक गोल गरे । उता लाजियोका लागि जोकुइन कोरेया र किरो इम्बोइलेले एक–एक गोल गरे ।
बराबरीसँगै लाजियोले अन्तिम १६ मा स्थान बनाएको छ । जित्नै पर्ने दबाबमा रहेको लाजियोले बराबरी खेल्दै आफूलाई नकआट चरणमा उभ्याएको हो ।
क्लब बुर्ग भने समूह चरणबाटै बाहिरिएको छ । क्लब बुर्गले ६ खेलबाट ८ जोडेको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर २४, २०७७ ०७:२५
प्रतिक्रिया दिनुहोस्